Comments Add Comment

अलपत्र छाडिएको खानेपानी मन्त्रालयको मोटरसाइकल फिर्ता

३ माघ, गोरखा । महिनौ‌ंदेखि गोरखा नगरपालिका–३ होलसिङमा वेवारिसे अवस्थामा छाडिएको खानेपानी मन्त्रालयको मोटरसाइकल फिर्ता ल्याइएको छ ।

बिहीबार अनलाइनखबरमा समाचार प्रकाशन भएसँगै मन्त्रालयले बाइक लिन पठाएको हो । ‘हामीले बाइक र मान्छे दुवैलाई नियन्त्रणमा लिन भनेर गोरखाको प्रशासन र प्रहरी कार्यालयमा चिठी पठाइसकेका छौ,’ मन्त्रालयका कर्मचारी दीपेन्द्र केसीले भने, ‘बाइक प्रहरीले त्यो ठाउँबाट ल्याइसक्यो, मान्छेको खोजी भइरहेको प्रहरीले बताएको छ ।’

मान्छे र वाइक दुवैलाई नियन्त्रणमा लिएर मन्त्रालयमा पठाउन भनिएको उनले बताए ।

प्रहरीले मोटरसाइकल ल्याएर खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखालाई बुझाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीका अनुसार मोटरसाइकल अलपत्र छाड्ने मान्छेको खोजी भइरहेको छ ।

होलसिङका नवराज अर्यालले बा १ व ८२७१ नम्वरको यामाहा कम्पनीको अल्वा मोटरसाइकल विगत केही महिनादेखि झाडीमा अलपत्र अवस्थामा छाडेका थिए । अर्याल खानेपानी मन्त्रालयमा गाडी चालकको रुपमा करारमा काम गर्थे । तर उनले ६ महिनाअघि जागिर छाडेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment