Comments Add Comment

चितवनमा पर्यटक बस दुर्घटना : घाइतेमध्ये दुई जनाको मृत्यु   

३ माघ, चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार बिहान भएको दुर्घटनामा परी घाइतेमध्ये दुई जनाको मृत्यु भएको छ । अन्य २१ जनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकको सनाखत हुन सकेको छैन । मृतकमध्ये एक महिला र एक पुरुष रहेका छन् । उनीहरुको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अन्य घाइतेमध्ये १३ चिनियाँ पर्यटकको चितवन मेडिकल कलेज र आठको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य दश घाइते सामान्य उपचारपछि फर्किएका छन् । गुडिरहेको ट्रकमा पछाडीबाट आउँदै गरेको पर्यटक बस ठक्कर खाँदा ३३ घाइते भएका थिए ।

नारायणगढ तर्फ आउँदै गरेको लु २ ख ३३०५ नं को ट्रकमा पछाडीबाट आउँदै गरेको बा १ प ७८३ नं को पर्यटक बस बिहान ११:१५ बजे ठक्कर खाएको थियो । ट्रकमा ठोक्किँएर बस नजिकैको घरमा ठक्कर खान पुगेको प्रहरीले जनाएको छ । पर्यटक बोकेर बस सौराहा जाँदै गरेको थियो ।

यो पनि पढ्नुहोस चितवनमा चिनियाँ पर्यटक बोकेको बस दुर्घटना हुँदा ३३ जना घाइते   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment