Comments Add Comment

फेसबुकले सुरु गर्‍याे, ‘लगइन नोटिफिकेसन’ फिचर

सोसल नेटवर्किङ साइट फेसबुकले आफ्ना प्रयोगकर्ताहरूका लागि एक नयाँ फिचर लञ्च गरेको छ ।

फेसबुकमा सुरु भएको लगइन नोटिफिकेसन्स फिचरसँगै अब प्रयोगकर्ताले कुनै पनि नयाँ डिभाइसबाट आफ्नो अकाउन्ट लगइन हुँदा त्यसको नोटिफिकेसन प्राप्त गर्नेछन् ।

त्यस्तै फेसबुक लगइनबाट कुनै थर्ड पार्टी एपमा लगइन हुँदा पनि प्रयोगकर्तालाई सूचना प्राप्त हुनेछ । जसबाट प्रयोगकर्ताले आफ्ना फेसबुक अकाउन्टका डाटाहरु थर्ड पार्टी एपसँग सेयर भइरहेको छ भन्ने थाहा पाउन सक्दछन् ।

यसले फेसबुक प्रयोगकर्ताको अकाउन्ट ह्याक हुने तथा डाटा चोरी हुने खतरामा कमी आउने दाबी गरिएको छ ।

प्रयोगकर्ताहरुलाई आफ्ना सूचनामाथि थप पकड कायम गर्नका लागि नयाँ फिचरले सहयोग पुर्‍याउने दाबी फेसबुकको छ ।

फेसबुकको डेभलपर ब्लग पोष्टमा भनिएको छ, ‘लगइन नोटिफिकेसन्स फिचरले प्रयोगकर्तालाई आफ्ना डाटा तथा थर्ड पार्टी एपमा सेयर गरिने जानकारीमाथि आफ्नो नियन्त्रण कायम गर्नका लागि स्मरण गराउनेछ । प्रयोगकर्ताले सजिलैसँग सेटिंग्समा गएर यसलाई कन्ट्रोल गर्न सक्नेछन् र आफ्ना डाटामाथि अर्को पक्षको पहुँच अनुमतिमा परिवर्तन गर्न सक्नेछन् ।’

यस वर्ष अरू पनि युजर कन्ट्रोल फिचरहरु थप गरिने फेसबुकले जनाएको छ । हालै फेसबुकले आफ्नो प्राइभेसी चेकअप टूल अपडेट गर्दै त्यसमा चार नयाँ फिचर्स थप गरेको थियो ।

लगइन नोटिफिकेसन्स फिचरअन्तर्गत प्रयोगकर्तालाई उनीहरूको इमेल तथा फेसबुक एप मार्फत नोटिफिकेसन पठाइनेछ । उक्त नोटिफिकेसनमा थर्ड पार्टी एपमा के कुरा सेयर गरिँदैछ भन्ने कुरा उल्लेख हुन्छ । नोटिफिकेसन प्राप्त भएसँगै त्यसलाई क्लिक गरी फेसबुकको इडिट सेटिङमा आफ्नो जानकारीमा एपको पहुँचलाई हटाउन सकिन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment