Comments Add Comment

थोरङ ला पास गएका थप ४ चिनियाँ पर्यटक सम्पर्कबिहीन

४ माघ, पोखरा । मनाङको थोरङ पास गर्न गएका ४ जना चिनियाँ नागरिक पनि हराएका छन् । गत पुस २७ गते थोरङ पास गर्न गएका चिनियाँ पर्यटक हालसम्म पनि  सम्पर्कमा नआएको मानाङ निस्याङ गाउँपालिका-९ मा रहेको एक्याप कार्यालयले जानकारी दिएको छ ।

उनीहरुको खोजीमा मनाङबाट प्रहरी खटिइरहेका छन् ।

अन्नपूर्ण बेसक्याप जाने क्रममा  शुक्रबार हिमपहिरोमा परेका दुई नेपाली गाइडसहित ७ जना पनि अझै भेटिएका छैनन् । अन्न्पूर्ण गाउँपालिका-११ स्थित सिगाउँबाट देउराली हुँदै अन्नपूर्ण बेसक्याम्पतर्फ जाने क्रममा देउराली भन्ने स्थानमा हिमपहिरो परेका थिए ।

आफ्ना पर्यटकको खोजी गर्न कोरियन दूताबासले बिहानैदेखि हेलिकप्टर पठाएको छ । तर उनीहरु अहिलेसम्म भेटिएका छैनन् । उद्धार र खोजीका लागि पोखराबाट गएको पदयात्रा व्यावसायीको टोलीले पनि खोजतलास सहज नभएको बताएका छन् ।

पहिरोमा परेका नेपाली गाइड जगदिश तामाङ र चिनियाँ नागरिक चाङ हाङलाई उद्दार गरी पोखरा ल्याइँदैछ ।

अन्नपूर्ण बेसक्याम्पमा भएका र त्यता जाँदै गरेका १००भन्दा बढी पर्यटकलाई विभिन्न ठाउँबाट उद्दार गरेर पोखरा ल्याइएको छ । बिहानैदेखि विभिन्न कम्पनीका हेलिकप्टरबाट अन्नपूर्ण पदयात्रामा गएका पर्यटकको उद्दार गरिएको हो ।

विभिन्न तीनवटा कम्पनीका हेलिकोप्टरले आधारशिविर क्षेत्रमा रोकिएका पर्यटक र गाइडलाई छोमरोङ झारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment