Comments Add Comment

सेभियालाई हराउँदै रियल मड्रिड शीर्ष स्थानमा, एट्लेटिको पराजित

काठमाडौं । कासेमिरोको दुई गोल मद्दतमा रियल मड्रिडले स्पानिस ला लिगामा जित हात पारेको छ ।

गएराति भएको खेलमा रियलले सेभियालाई २–१ ले पराजित गरेको हो ।

घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा कासेमिरोले ५७ औं र ६९ औं मिनेटमा गोल गरे । सेभियाका लागि लुक डे जोङले ६४ औं मिनेटमा गोल गरे ।

जितपछि बार्सिलोनालाई ३ अंकले पछि पार्दै रियल शीर्ष स्थानमा उक्लेको छ । रियलको १९ खेलबाट ४३ अंक छ भने एक खेल कम खेलेको खेलेको बार्सिलोनाको ४० अंक छ ।

एर्नेस्टो भेलभर्डलाई बर्खास्त गर्दै किके सेटिएनलाई नयाँ प्रशिक्षक नियुक्त गरेपछि बार्सिलोनाले आज ग्रानाडासँग खेल्दैछ ।

२० खेलबाट ३५ अंक रहेको सेभिया चौथो स्थानमै छ ।

रियलले जित हात पार्दा छिमेकी एट्लेटिको मड्रिड भने आइबरसँग पराजित भएको छ । हारपछि एट्लेटिको बार्सिलोनासँग अंकदूरी कम पार्ने मौका गुमाएको छ । आइबरले एट्लेटिकोलाई २–० ले हराएको हो । उसका लागि स्टेबान बुर्गोस र एडु एस्पोसितोले एक–एक गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment