Comments Add Comment

यो हो दुनियाँकै महँगो वाइन, एक बोतलको मूल्य ४५ लाख

एक बोतल वाइनको मूल्य कति पर्ला ? युरोपेली देश हंगेरीमा एक बोतलकै झण्डै आधा करोड रुपैयाँ मूल्य पर्ने वाइन उत्पादन भएको छ ।

हंगेरीको प्रसिद्ध पर्यटकीय स्थल टोकजस्थित एक मदिरा उत्पादक कम्पनीले दुनियाँकै महँगो वाइन तयार गरेको छ, जुन वाइनको डेढ लिटरको बोतलको मूल्य ४५ लाख रुपैयाँभन्दा धेरै पर्दछ ।

उक्त वाइनको नाम इसेन्सिया २००८ हो । अहिलेसम्म यो ब्राण्डका जम्मा २० बोतलमात्रै वाइन तयार गरिएको छ । जसमध्ये १८ बोतल गत वर्ष उत्पादन गरिएको थियो ।
अहिलेसम्म ती मध्ये ११ बोतल बिक्री भैसकेका छन् ।

यो रक्सीको बोतल एक चमकदार कालो रङको बक्समा राखिएको हुन्छ जसमा एउटा स्विच लगाइएको हुन्छ, जसले बोतललाई झनै चमकदार बनाउँदछ ।

यो वाइनको अर्को विशेषता के भने यसका हरेक बोतल फरक–फरक स्वरूपमा तयार पारिएको हुन्छ । अर्थात् एउटा बोतलसँग अर्को बोतलको स्वरूप मिल्दैन ।

यो वाइनको मिति गुज्रने मितिचाहिँ सन् २१०० रहेको छ । अर्थात् अबको ८० वर्षसम्म यो रक्सी पिउन मिल्दछ ।

यो रक्सी वास्तवमा सन् २००८ मा तयार भएको थियो र त्यसको १० वर्षपछि मात्र बोतलबन्द गरिएको हो । यो वाइन निमार्ता कम्पनीका महाप्रबन्धक जोल्टन कोवाक्सका अनुसार यो ब्राण्डको वाइन तयार भएको आठ वर्षदेखि मात्र बोतलबन्द गर्न योग्य हुन्छ ।

यो वाइनखास मौसममा मात्रै तयार गरिन्छ । यो वाइनको एक चम्चा तयार गर्न एक किलो पाकेको अंगुर खपत हुन्छ । अर्थात् यो वाइनको एक बोतल तयार गर्नका लागि करिब २० किलो अंगुर खपत हुन्छ । जबकि यो वाइनमा तीन प्रतिशत मात्र अल्कोहल हुन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment