Comments Add Comment

शिशु तथा सुत्केरीलाई मालिस कति उपयोगी ?

हामीकहाँ शिशु एवं सुत्केरीलाई तोरीको तेलमा लसुन र मेथी फुराएर मालिस गराउने गरिन्छ । मालिस हाम्रो परम्परागत विधी हो । यद्यपि आधुनिक विज्ञानले पनि यसलाई आत्मसात गरेको छ । मालिसले मांशपेसी एवं हड्डी बलियो बनाउने र रक्त प्रवाहमा सघाउ पुर्‍याउँछ ।

त्यसो त अहिले सामान्य मानिसहरु पनि मालिस गराउने गर्छन् । शहरी क्षत्रेमा स्पा सेन्टरले यस्तो सेवा दिइरहेको छ । यद्यपी मालिस गराउन स्पा नै धाउनुपर्छ भन्ने छैन । यो घरमा सामान्य रुपमा गर्न र गराउन सकिन्छ । मालिसका लागि खास ज्ञान पनि चाहिँदैन । सामान्यतः हातमा तेल लगाएर शरीरमा विस्तारै स्पर्श गर्ने र हल्कासँग मिच्ने हो ।

यसो गर्दा शरीरको मांशपेसी तन्दुरुस्त हुन्छ । रक्तप्रवाह राम्ररी हुन पाउँछ ।

सुत्केरी अवस्थामै किन ?

बच्चा जन्माएपछि आमाहरुले दैनिक एक वा दुईपटक मसाज गराउने गर्छन् ।

डेलिभरीपछि धेरैजसो महिलाहरुको वजन बढ्न थाल्छ र अंगहरुमा स्फुर्ति हराउँछ । पहिलेका मानिसहरुको मान्यता थियो कि मालिसले महिलाहरुको शरीर सुगठित बनाउँछ र पुन पहिलेकै आकारमा आउँछ । अहिलेको वैज्ञानिक चिकित्सा पद्दतिले पनि मालिसका कैयन फाइदाहरु देखाएको छ । त्यसैले महिलाहरु गर्भवती भएपछि मालिस गराउनु अनिवार्य छ ।

मालिसका फाइदाहरु

–      मालिसले मांसपेशीहरुमा रगत तथा अक्सिजनको सर्कुलेसन बढाउँछ । त्यसैले किड्नीले राम्रोसँग काम गर्छ र शरीरबाट सबै हानीकारक विषाक्त पदार्थहरु बाहिर निस्किन्छन् ।

–      मालिसबाट शरीरले चाँडै नै अक्सिटोसिन रिलिज गर्छ जसको कारणले आमाको शरीरमा दूध राम्ररी बन्छ । स्तनको मालिस हल्का हातले गर्नुपर्छ र अत्यधिक सावधानी अपनाउनुपर्छ किनकी कडा हातले मालिस गर्दा नोक्सानी पनि पुग्न सक्छ ।

–       मालिसबाट त्वचामा कसिलोपन आउन थाल्छ र शरीर पहिलेजस्तै टाइट र सेक्सी देखिन्छ ।

–       यदि अपरेसनबाट डेलिभरी भएको हो भने तुरुन्तै मालिस गर्न थाल्नु हुँदेन, किनकी अपरेसनको टाँका टुट्न सक्छ । त्यसैले यस्तो केसमा टाँको घाउ पुरिएपछि मात्रै मालिस सुरु गर्नुपर्छ र टाँका लागेको ठाउँमा हलुका हातले मालिस गर्नुपर्छ ।

–       मिठो सुवास आउने तेलले मालिस गर्दा शरीर र म दुवैलाई शान्ति प्राप्त हुन्छ ।

–       डेलिभरीपछि अक्सर महिलाहरुको मांसपेशीहरु कमजोर हुन्छन् । मालिसले यी कमजोर मांसपेशीहरुलाई शक्ति प्राप्त हुन्छ र स्वास्थ्य चाँडै नै सामान्य हुन्छ ।

–       डेलिभरीपछि शरीरुका केही भागमा दुखाई भइरहन्छ । मालिसबाट यसमा आराम मिल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment