Comments Add Comment

कांग्रेसले प्रधानमन्त्रीलाई पठायो विरोध पत्र

५ माघ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले संसदमा विचाराधीन सूचना प्रविधि र विशेष सेवा विधेयकको विरोध गर्दै देशभरबाट विरोध पत्र पठाएको छ ।

कांग्रेस जिल्ला कार्यसमितिहरुले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र बुझाएका हुन् । काठमाडौंमा पनि माइतीघर मण्डलामा भेला भएर कांग्रेस नेता कार्यकर्ता जुलससहित जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

ज्ञापनपत्र बुझाउँदै नेपाली कांग्रेस काठमाडौंका सभापति सवुज बानियाँले लोततन्त्रलाई समाप्त पार्ने, जनअधिकार र स्वतन्त्रमा बन्देज हुने किसिमले आएको विधेयकहरुको विरोधमा ज्ञापन बुझाइएको बताए ।

कांग्रेसले सरकारको उक्त कदमलाई गम्भीर रुपमा लिएको र विधेयक नसच्याए आन्दोलनका अन्य कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिए ।

ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी सैजुले कुनै कुनै माध्यमबाट तत्काल नै गृहमन्त्रालयमा पठाउने बताए ।

सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जालमा कसैलाई निरन्तर जिस्क्याए ५ वर्षसम्म जेल वा १५ लाखसम्म जरिमाना वा दुवै सजाय हुन सक्नेसम्म व्यवस्था छ । संसदीय समितिले पनि यही प्रावधानसहित विधेयक पास गरेर संसदमा पठाएको छ ।

विशेष सेवा विधेयक भने संसदमा दर्ता मात्र भएको छ, जसमा अदालतको अनुमति नलिइ फोन ट्यापिङ गर्नसक्ने लगायतका विवादास्पद प्रावधानसमेत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment