Comments Add Comment

गुल्मीमा गणित र विज्ञान विषयमा नतिजा सुधार कार्यक्रम

५ माघ, गुल्मी । सामुदायिक विद्यालयहरुमा गणित र विज्ञान विषयमा नतिजा सुधार कार्यक्रम अन्तर्गत गुल्मीको सदरमुकाम तम्घासमा शिक्षकहरुसँग कार्यक्रम गरिएको छ ।

सामाजिक विकास डिभिजन कार्यालय तानसेन पाल्पाको आयोजनामा जिल्ला भर रहेको बिभिन्न विद्यालयका गणित र विज्ञान विषयका शिक्षहरुको सहभागितामा कार्यक्रम गरिएको हो ।

जिल्लाको मालिका गाउँपालिकाको सिमलटारी, जिल्ला सदरमुकाम तम्घास र चन्द्रकोट गाउँपालिकाको मजुवामा गणित र विज्ञान विषयका शिक्षकहरुसँग कार्यक्रम भएको हो ।

कक्षा १० को एसईई परीक्षामा सुधार ल्याउन प्रदेश नम्बर ५ सरकार अन्र्तगत सामाजिक विकास मन्त्रालयले गणित र विज्ञान विषयमा शिक्षहरुको सहभागितामा कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालय तानसेन पाल्पाका कार्यालय प्रमुख लक्ष्मणप्रसाद ज्ञवालीले कक्षा दशको गणित र विज्ञान विषयमा नतिजालाई पनि सुधार ल्याउने उद्देश्यले कार्यक्रम गरिँदै आएको बताए ।

उनले छोटो समय भए पनि जिम्मेवार भएर लाग्नु पर्ने बताए । जिल्ला समन्वय प्रमुख लक्ष्मण पराजुलीले यो कार्यक्रम प्रदेश ५ मै पहिलो भएकोले यसको सफलताको लागी सबै पक्ष मिलेर अगाडि बढ्नु पर्ने बताए ।

कार्यक्रममा सहभागीहरुले सम्पूर्ण शिक्षकहरुले आफूलाई दोष नआउने तरिकाले लाग्नुपर्नेमा जोड दिएका थिए । प्रदेश सरकारले सुरु गरेको यो कार्यक्रम अन्तर्गत दिनको डेढ घण्टा प्रतिविषय ५२ दिन कक्षा संचालन हुने छ ।

जिल्लाको १२ वटा स्थानीय तहका विभिन्न विद्यालयहरुमा यो कार्यक्रम सुरु भएको छ । समग्र ५ नम्बर प्रदेशभर ७४२ विद्यालयहरुमा बिज्ञान र ८८८ विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुँदैछन् ।

गुल्मी जिल्लाभर भने ५६ विद्यालयहरुमा विज्ञान र ८४ विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुँदैछन् ।

प्रतिविषयमा २० देखि ४९ जना सम्म विद्यार्थी भएका विद्यालयमा प्रति विषय २० हजार रुपैयाँ रकम सरकारबाट सहयोग हुने छ ।

५० देखि ९९ जनासम्म विद्यार्थी भएका विद्यालयमा प्रतिविषय २८ हजार रुपैयाँ, १०० देखि १९९ जनासम्म विद्यार्थी भएका विद्यालयमा प्रति विषय ३८ हजार रुपैयाँ रकम सरकारबाट सहयोग हुने छ ।

२०० जनादेखि माथि विद्यार्थी भएका विद्यालयमा प्रतिविषय ५४ हजार रुपैयाँका दरले रकम सरकारबाट सहयोग हुने छ ।

यस कार्यक्रममा २० भन्दा बढी कक्षा १० मा विद्यार्थी संख्या भएका २०७६ सालको इमिस डाटा अपडेट गरेका र एसईई परीक्षा २०७५ मा नतिजा कमजोर भएका विद्यालयहरु छानिएका छन् ।

जिल्लाको १२ वटा स्थानीय मध्ये रेसुङ्गा नगरपालिकाभर ४ विद्यालयहरुमा विज्ञान र ५ विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुदैछन् ।

मुसिकोट नगरपालिकाभर ८ विद्यालयहरुमा विज्ञान र ११ विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुँदैछन् ।

छत्रकोट गाउँपालिकाभर ५ विद्यालयहरुमा विज्ञान र ८ विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुँदैछन् । धुर्कोट गाउँपालिकाभर ६ विद्यालयहरुमा विज्ञान र १० विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुदैछन् । गुल्मीदरबार गाउँपालिकाभर ६ विद्यालयहरुमा विज्ञान र ८ विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुँदैछन् ।

इस्मा गाउँपालिकाभर ३ विद्यालयहरुमा बिज्ञान र ४ विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुँदैछन् । कालीगण्डकी गाउँपालिकाभर ४ विद्यालयहरुमा विज्ञान र ६ विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुँदैछन् ।

मदाने गाउँपालिकाभर ३ विद्यालयहरुमा विज्ञान र ७ विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुँदैछन् । यस्तै जिल्लाको मालिका गाउँपालिकाभर ६ विद्यालयहरुमा विज्ञान र ७ विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुँदैछन् ।

रूरू गाउँपालिकाभर ४ विद्यालयहरुमा विज्ञान र ७ विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुँदैछन् । सत्यवती गाउँपालिकाभर ५ विद्यालयहरुमा विज्ञान र ७ विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुँदैछन् ।

चन्द्रकोट गाउँपालिकाभर २ विद्यालयहरुमा विज्ञान र ४ विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment