Comments Add Comment

कांग्रेस सांसदको प्रस्ताव : यतीले भन्दा ५० करोड बढी दिन्छु, गोकर्ण मलाई देऊ

५ माघ, काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले यती होल्डिङ्सले दिएको भन्दा ५० करोड बढी आफूले तिर्ने भन्दै गोकर्ण रिसोर्टको जग्गा लिजमा आफूलाई दिन प्रस्ताव गरेका छन् ।

राष्ट्रियसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै रायमाझीले अहिले भाडामा लिएको कम्पनीले भन्दा आफूले ५० करोड रुपैयाँ बढी दिने बताएका हुन् । सरकारका मन्त्रीहरु, राष्ट्रियसभा अध्यक्ष र सदस्यहरुलाई साक्षी राख्छु भन्दै उनले भने, ‘म सरकारलाई प्रस्ताव राख्न चाहन्छु, त्यो रिसोर्ट जति पैसामा दिइएको छ, त्योभन्दा ५० करोड बढी म तिर्न तयार छु ।सरकार मलाई दिन तयार छ ?’

‘छैन, किन दिँदैन भने त्यहाँ ५० करोडभन्दा बढीको अनियमितता भएको छ’ उनले अघि भने ।

सरकारले हालै मात्र सम्झौता अबधि झण्डै ६ वर्ष बाँकी रहँदा गोकर्णको जग्गा थप २५ वर्षका लागि लिजमा दिने निर्णय गरेको थियो ।

सांसद रायमाझीले आफूहरुले देशको प्रधानमन्त्रीका रुपमा देख्न चाहेको तर ओलीले एउटा निजी कम्पनीको कार्यकारी निर्देशकले झै काम गरेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment