+
+
Shares

केन्द्र सरकारका गलत अभ्यास नक्कल गर्दैनौं : मन्त्री कार्की

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ५ गते १८:२७

५ माघ, विराटनगर । प्रदेश १ का प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले केन्द्र सरकारले गरेका गलत अभ्यासहरुलाई हुबहु नक्कल गरी प्रदेशमा लागू नगर्ने बताएका छन् ।

संघले खडा गरेका जस्तै आयोग र संरचना खडा गरी कार्यक्रम कार्यसम्पादन गर्न नसकिने भन्दै मन्त्री कार्कीले यस्ता खालका कुनै संरचना प्रदेशमा निर्माण नगरिने बताएका हुन् ।

नेपाल बुद्धिजीवी परिषदले आतबार विराटनगरमा आयोजना गरेको अन्तरक्रियामा मन्त्री कार्कीले भने, ‘केन्द्रमा बनेका कति आयोगहरु, कति कार्यालय, नँया संरचनाहरु काम काज नभएर निकम्मा भएको अवस्था छ । त्योचाहिँ प्रदेशले सिक्दैन र कार्यान्वयको अभ्यासमा लैजादैन् ।’

उनले संघमा भएका राम्रा कामको अभ्यास गरिने तर माथिका गतल अभ्यासलाई आत्मासाथ नगर्ने पक्षमा प्रदेश सरकार अडिग रहेको दाबी गरे ।

उनले संघमा भएको गतल अभ्यासका कारण नै हाम्रो पुजीगत खर्च र विकासतर्फको बजेट वर्षेनी घटिरहेको बताए ।

वर्षेनी पुजीगत खचै र विकास बजेट घटिरहेको अवस्थामा साधारण खर्च बढ्ने गरी नँयानँया संरचना बनाएर जिम्मा दिने कुरा सम्भव नरहेको उनले प्रष्ट पारे ।

मन्त्री कार्कीले भने, ‘जसले उत्पादन दिदैन, त्यो गर्नु हुँदैन ।प्रदेश सरकारको मान्यता नै यही रहनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?