Comments Add Comment

आत्तिने, मात्तिने र अयोग्य हुने छुट छैन : मुख्यमन्त्री राई

५ माघ, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जनताको विकास र समृद्धिको चाहना पुरा हुने गरी काम गर्न मन्त्री र नवनियुक्त राज्यमन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

मन्त्रीसहित आइतबार नियुक्त भएका राज्यमन्त्रीहरुलाई निर्देशन दिंदै मुख्यमन्त्री राईले प्रदेशवासीको विकास र समृद्धिको चाहनालाई ध्यानमा राखेर काम गर्न निर्देशन दिएका हुन् । ‘महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेसँगै तपाईंहरुको अग्नि परीक्षा सुरु भयो,’ मुख्यमन्त्री राईले भने, ‘तपाईंहरुले यो ऐतिहासिक कार्यभार सफल रुपमा वहन गर्नुहुनेछ ।’

मुख्यमन्त्री राईले दुई दिनभित्र प्रष्ट रुपले कार्यविभाजन गरेर काम गर्न मन्त्री र राज्यमन्त्रीहरुलाई निर्देशन समेत दिए । ‘काम गर्न तपाईंहरु अल्मलिनु पर्दैन्,’  मुख्यमन्त्री राईले भने, कामको आधारमा जिम्मेवारी बाँडफाँड र एक आपसमा छलफल गरेर राम्रो नतिजा देखाउनुहोस् ।’

कुनै पनि विवादास्पद निर्णय नर्गन निर्देशन दिंदै मुख्यमन्त्री राईले आत्तिने, मात्तिने र अयोग्य हुने छुट नरहेको समेत बताए । आफूले भ्रष्टाचारमा शून्य सहनशिलताको नीति अख्तियार गरेको बताउँदै मुख्यमन्त्री राईले कामलाई छिटो, छरितो र पारदर्शी ढंगले अगाडि बढाउन मन्त्री र नवनियुक्त राज्यमन्त्रीहरुलाई निर्देशन दिए ।

मुख्यमन्त्री राईले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम चार जनाप्रदेश १ का प्रदेश सभा सदस्यहरुलाई राज्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए ।

जस अनुसार प्रदेश प्रमुख सोमनाथअधिकारी प्यासीले रामबहादुर मगरलाई भूमिव्यवस्था, कृषितथा सहकारी मन्त्रालय, अम्बिर बाबु गुरुङ्गलाई भौतिकपूर्वाधार विकास मन्त्रालय, जसमायागजमेर (विश्वकर्मा) सामाजिकविकास मन्त्रालय र विजयकुमार विश्वासलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment