Comments Add Comment

छापामा आज : फेरिँदै १२ सम्मको पाठ्यक्रम, अनिवार्यबाट हट्यो गणित

६ माघ, काठमाडौं । अग्नि सापकोटालाई सभामुख उम्मेदवार बनाउने नेकपाको निर्णय आजका सबै दैनिक अखबारहरूको मुख्य समाचार बनेको छ । गत असोजदेखि सभामुखविहीन हुँदा सिर्जना भएको रिक्तता अन्त्य गर्दै नेकपाले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको हो ।

‘अन्ततः पूर्वमाओवादीलाई सभामुख’ शीर्षक दिएर अन्नपूर्णले मुख्य समाचार छापेको छ । आइतबार बिहान प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको ‘वन अन वन’ छलफलमा सभामुख उम्मेदवारको नाममा सहमति जुटेपछि नेकपाले साँझ सचिवालय बैठक बसेर सापकोटाको नाम अनुमोदन गरेको अन्नपूर्णले लेखेको छ ।

नागरिकले अग्नि सापकोटा सभामुख बनाउने नेकपाको निर्णयलाई फरक ढंगले प्रस्तुत गरेको छ । ‘हत्या आरोपित’ सापकोटा सभामुख प्रस्तावित शीर्षक समाचारको लिड लाइनमा नागरिकले लेखेको छ– नेकपाले प्रतिनिधिसभाको रिक्त सभामुखमा ज्यान मुद्दामा किटानी जाहेरी परेका अग्नि सापकोटालाई प्रस्ताव गरेको छ ।’

नागरिकका अनुसार,काभ्रेका ४८ वर्षीय अर्जुन लामालाई अपहरण गरी हत्या गरेको आरोप सापकोटामाथि छ । यो मामला अहिले संवैधानिक इजलासमा पुगेको छ । यसको पेसी यही माघ २२ मा तोकिएको छ ।

फेरिँदै १२ सम्मको पाठ्यक्रम

आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण विषयको पाठ्यक्रम परिवर्तन हुन लागेको खबर अन्नपूर्णले छापेको छ । समाचार अनुसार पाठ्यक्रम विकास केन्द्रले सबै कक्षाका पाठ्यक्रमका प्रारूप तयार गरेको छ ।

पहिलो चरणमा शैक्षिक सत्र ०७७/७८ मा कक्षा १ र ११ को पाठ्यक्रम परिवर्तन हुनेछ । दोस्रो चरणमा २,३,६ र १२ र त्यसपछि ४, ५, ७,८ र ९ को पाठ्क्रयम क्रमैसँगै परिवर्तन हुने अन्नपूर्ण समाचारमा उल्लेख छ । तर यी सबै परिवर्तन हुन ०८० सम्म लाग्ने केन्द्रको भनाइ छ ।

कक्षा ११ र १२ मा गणित विषयलाई अनिवार्यबाट हटाइएको छ । यसप्रति भने विज्ञहरूले आपत्ति जनाएको अन्नपूर्ण समाचारमा उल्लेख छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment