Comments Add Comment

मेस्सीको गोलमा बार्सिलोना विजयी

६ माघ, काठमाडौं । कप्तान लिओनल मेस्सीले गरेको एकमात्र गोल मद्दतमा बार्सिलोनाले स्पानिस ला लिगामा ग्रानाडालाई १–० ले पराजित गरेको छ । किके सेटिएन नयाँ प्रशिक्षक बनेपछिको पहिलो खेलमा बार्सिलोनाले कठिन जित हात पारेको हो ।

मेस्सीले दोस्रो हाफमा अर्टुरो भिदालको पासमा गोल गरेका थिए । खेलमा ८२ प्रतिशत बल पोसेसन कायम राखेको बार्सिलोनाले पहिलो हाफमा गोल गर्न सकेन ।

६९औं मिनेटमा ग्रानाडाका जर्मन सान्चेज रातो (दोहोरो पहेँलो) कार्ड खाँदै मैदान बाहिरिएपछि ग्रानाडा दश खेलाडीमा झरेको थियो। त्यसको सात मिनेटपछि मेस्सीले बार्सिलोनाका लागि गोल गरेका हुन् ।

जितपछि बार्सिलोना शीर्ष स्थानमा फर्किएको छ । २० खेलबाट बासिलोनाले ४३ अंक जोड्दै रियल मड्रिडलाई गोलअन्तरमा पछि पारेको हो । रियलको पनि २० खेलबाट ४३ अंक नै छ । २० खेलबाट २७ अंक जोडेको ग्रानाडा १० औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment