
६ माघ, काठमाडौं । रौतहटको पोठियाहीमा आइतबार राति आगलागी भएको छ ।
आगलागीबाट गरुडा नगरपालिका-६ पोठियाही बस्ने रामजनम राय यादव र मेहिलाल राय यादवको गोठ जलेर क्षति भएको छ । आगलागीबाट करिब ७ लाख ८५ हजार मूल्य बराबरको क्षति भएको छ ।
रामजनम राय यादवको गोठमा लागेको आगो मेहिलालको गोठमा समेत फैलिएपछि दुबै जनाको गोठ जलेर क्षति भएको प्रहरीले जनाएको छ ।
स्थानीबासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4