Comments Add Comment

यस्तो लक्षण देखिए मिर्गौलामा समस्या हुनसक्छ

जब मिर्गौलामा कार्यक्षमता कम हुन्छ वा फेल हुन्छ, शरीरमा रहेको विषाक्त रासायनिक पदार्थ, तरल पदार्थ आदि बाहिर निस्कन पाउँदैन ।

मिर्गौलामा जटिल समस्या भनेको, यो खराब भएको अन्तिम अवस्थामा मात्र थाहा हुन्छ । साथै उपचार विधी पनि महंगो हुनेगर्छ । त्यसैले संभव भएसम्म  मिर्गौलालाई स्वस्थ राख्न प्रयास गर्नुपर्छ ।

लक्षण

–     मिर्गौलामा समस्या हुँदा पिसाबको मात्रा र पिसाब हुने समयमा परिवर्तन हुन्छ ।

–     पिसाबको मात्रा अचनाक कम हुन्छ वा बढ्छ ।

–     पिसाबको रंग गाढा हुन्छ ।

–     पटक पटक पिसाब आएको महसुष हुन्छ तर, पिसाब आउँदैन ।

–     पिसाब गरेको गर्दा दुख्छ ।

–     पिसाबमा रगत देखिन्छ ।

–     हात, खुट्टा, अनुहार सुन्निछ ।

–     अत्याधिक शारीरिक थकावट तथा कमजोरी महसुष हुन्छ ।

–     चिडचिडापन आउँछ । कुनैपनि काममा एकाग्रता हुँदैन ।

–     हरेक समय चिसो महसुष हुन्छ ।

–     छाला चिलाउन थाल्छ ।

–     मुखमा दुर्गन्ध आउँछ ।

–     वान्ता हुन्छ ।

–     भोक लाग्दैन ।

–     सास लिन असुविधा हुन्छ ।

–     हरेक समय कम्मरको भाग दुख्छ ।

के कारणले हुन्छ मिर्गौलाको समस्या

जब मिर्गौलामा अत्याधिक दबाब वा तनाव हुन्छ, यस्तो परिस्थितीमा मिर्गौलामा समस्या हुन्छ ।

१. उच्च रक्तचापले मृगौलालाई असर गर्न सक्छ । किनभने उच्च रक्तचापमा हाम्रो रक्त धमनीमा अत्याधिक दबाव पर्छ । यसले हृदय रोग निम्त्याउन सक्छ ।

२. यदि मधुमेहका रोगीले मधुमेहमा नियन्त्रण गर्न सकेन भने शरीरमा अत्याधिक ग्लुकोजको निर्माण हुन्छ । यहि ग्लुकोज जम्मा हुँदा मिर्गौलामा हुने स-साना फिल्टरमा समस्या हुन्छ । त्यही कारण मृगौलाले शरीरको विषाक्त पदार्थ बाहिर निकाल्न सक्दैन । फलत, मिर्गौलामा खराब हुनसक्छ ।

३. जब हाम्रो शरीरमा अचानक रक्तप्रवाह रोकिन्छ, त्यस्तो अवस्थामा पनि मृगौलाले काम गर्न छाड्छ ।

४. जब हाम्रो शरीरले मुत्र त्याग गर्न असमर्थ हुन्छ, यस्तो परिस्थितीमा पनि हाम्रो शरीरमा विषाक्त पदार्थ निर्माण हुन थाल्छ । यहि कारण मिर्गौलामा अतिरित्त भार पर्छ ।

५. मिर्गौलामा आसपास रगत जमेको छ भने पनि मिर्गौलामा कार्यप्रणालीमा नराम्रो असर पर्छ ।

६. शरीरमा कुनैपनि प्रकारका संक्रमण भयो भने पनि मृगौलालाई असर गर्छ ।

७. अत्याधिक मात्रामा नसालु पदार्थ, मदिरा आदि सेवन गर्दा पनि मिर्गौलाले आफ्नो काम गर्न असमर्थ हुन्छ ।

८. विभिन्न प्रकारका एन्टिबायोटिक्स गोली लिँदा मिर्गौलामा हानी पुग्छ ।

प्राकृतिक उपचार विधी

मिर्गौलालाई स्वस्थ्य राख्नका लागि सक्रिय दिनचर्या र स्वस्थ्य खानपान जरुरी हुन्छ । आर्युवेदमा दुबै मिर्गौला मुत्रवाहिनी र मुत्राशय आदिलाई मूत्रवह स्रोतको नाम दिइएको छ ।

मिर्गौलामा खराब हुनबाट बच्नका लागि पीपलको पात र निमको पात निकै उपयोगी मानिन्छ । दुबैको मिश्रणलाई राम्ररी पानीमा उमालेर त्यसको रस नियमित मात्रामा पिउनुपर्छ । यससँगै योगले पनि फाइदा गर्छ ।

खासगरी कपलभाती योग नियमित रुपमा गर्नुपर्छ । अनुलोम विलोम लगायत कतिपय यस्तो योग हुन्छ, जसले मिर्गौलामा खराब हुनबाट बचाउँछ । अकुप्रेसर विधी पनि अपनाउन सकिन्छ । हात तथा खुट्टो कान्छी औंला वा हत्केला र खुट्टाको मध्य भागमा निरन्तर दबाउनु पर्छ ।

खानपान

नुन र फस्फोरसको मात्रा कम हुनुपर्छ । पोटेशियम पनि नियन्त्रित हुनुपर्छ । यस्तो अवस्थामा केरा फाइदाजनक मानिन्छ । यसमा कम मात्रामा प्रोटिन हुन्छ । तरल पदार्थ सीमित मात्रामा लिनुपर्छ । उसिनेको सब्जी मात्र सेवन गरौ । तारेको, भुटेको, मसलेदार खानेकुरा सेवन नगरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment