Comments Add Comment

प्रियंकाको ‘ब्याचलर पार्टी’ रक्सी कम्पनीको प्रायोजनमा !

नायिका प्रियंका कार्की अहिले थाइल्यान्डमा छिन् । ‘ब्याचलर पार्टी’ मनाउन भन्दै पाँच जना साथी लिएर उनी थाइल्यान्ड पुगेकी हुन् ।

प्रियंकाको व्याचलरेट पार्टीको सन्दर्भ अलि अनौठो छ । पहिलो कुरा त उनी ब्याचलर होइनन् । ब्याचलर शब्दले जीवनमा कहिल्यै विवाह नगरेको महिला वा पुरुषलाई बुझाउँछ । तर, प्रियंका एक डिभोर्सी हुन् । उनले रोचक मैनालीसँग तीन वर्ष दाम्पत्य जीवन बिताइसकेकी छन् । रोचकसँग ‘डिभोर्स’ भएपछि उनी पुन ‘सिंगल लाइफ’ मा फर्केकी थिइन् ।

पश्चिमा संस्कृतिमा पहिलोपटक विवाहित जीवनमा प्रवेश गर्न लागेका पुरुष/महिलाहरुले आफ्ना निकट साथीहरुसँग एक वा केही रातहरु ‘वाइल्ड’ भएर बिताउने गर्छन् । दारु खाएर झ्याप हुनेदेखि बढीभन्दा बढी छाडापन प्रदर्शन हुन्छ, जुन नेपाली संस्कृतिसँग मेला खाँदैन ।

पुरुषको हकमा ब्याचलर पार्टी भनिन्छ भने महिलाको हकमा ब्याचलरेट पार्टी भन्ने गरिन्छ । पुरुषले केटा साथीहरुसँग र महिलाले केटी साथीहरुसँग यस्तो पार्टी मनाउँछन् । विवाह भएपछि स्वतन्त्रता खोसिन्छ भन्ने आशयले ‘स्वतन्त्रता खोसिनुपूर्वको रमझम’ का रुपमा ब्याचलर पार्टी मनाउने गरिएको छ ।

यो पश्चिमा संस्कृति नक्कल भएर भारत हुँदै नेपालसम्म आइपुगेको हो । यसअघि ऋचा शर्माले पोखरामा ब्याचलर्स पार्टी गरिन् । प्रियंका चाहिँ थाइल्यान्ड पुगिन्, ५ जनाको टोली लिएर । प्रियंकाले सेयर गरेका तस्वीरहरुमा बढी नै नग्नता प्रदर्शन गरिएको देखिन्छ ।

अब अर्को रमाइलो कुरा सुन्नुस । प्रियंकाले आफ्नो ब्याचलर पार्टीका लागि प्रायोजक पनि भेटेकी रहिछन् । उनको यो भ्रमणलाई ‘खुकुरी रम’ ले प्रायोजन गरेको छ । यो कुरा प्रियंकाकै स्टाटसहरुबाट बुझ्न सकिन्छ ।

उनले पोष्ट गरेका तस्वीर–भिडियोमा जहाँ पनि यो रक्सी ब्राण्डको प्रचार छ । यो घुमघामको मेसो मिलाइदिएकोमा उनले रक्सीलाई धन्यवाद दिएकी छन् ।

२१ लाख फलोअर्स भएको आफ्नो भेरिफाइड फेसबुक पेजमा प्रियंकाले लेखेकी छिन्– ‘म खुकुरी रमलाई धन्यवाद दिन चाहन्छु । जसले हामीलाई यहाँ ल्यायो र गज्जबको कार्यक्रम होस्ट गरिदियो । सधै, कृतज्ञ छु ।’

प्रियंकाको भ्रमण दलमा सहाना बज्राचार्य, शिवांगी प्रधान, श्रेया जोशी, लगायत छन् । उनीहरुको यात्रा एक हप्ता लामो रहेको बुझिएको छ ।

स्मरणीय के छ भने प्रियंका र आयूष्मानको विवाह मिति अझै टुंगो लागेको छैन । उनीहरुले ईंगेजमेन्ट गरेको भने डेढ वर्ष बितिसक्यो । सामाजिक सञ्जालमा दुवैले एक–अर्कालाई खुब माया वर्षाइरहेका हुन्छन् । प्रियंकाले ब्याचलरेट पार्टी मनाएपछि भने चाँडै बिहे हुन सक्ने आँकलन गरिएको छ ।

प्रियंकाले सन् २०१० मा अमेरिकामा अध्ययनका क्रममा रहँदा रोचक मैनालीसँग प्रेम विवाह गरेकी थिइन् । २३ वर्षको उमेरमा बिहे गरेकी उनको पहिलो वैवाहिक जीवन सफल भएन । बिहे भएको तीन वर्षपछि सन् २०१३ मा उनीहरुले सम्वन्धविच्छेद गरे । उनका पूर्वश्रीमान रोचकले पनि डिभोर्सको करिब दुइ वर्षपछि दोस्रो विवाह गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment