Comments Add Comment

ए डिभिजन लिगमा संकटा र ब्रिगेडले बाँडे अंक

६ माघ, काठमाडौं । साविक उपविजेता संकटा क्लबले शहिद स्मारक ए डिभिजन लिगमा तेस्रो बराबरी खेलेको छ ।

सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा संकटाले ब्रिगेड ब्वाईज क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । ब्रिगेडको भने यो दोस्रो बराबरी हो ।

बराबरीपछि संकटाले ७ खेलबाट ९ अंक जोडेको छ । अंक तालिकामा भने संकटा आठौं स्थानमा यथावत छ ।

यस्तै ७ खेलबाट २ जित र २ बराबरीसहित ८ अंक जोडेको ब्रिगेड नवौं स्थानमा उक्लेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment