+
+
Shares

दुई संस्थानमा नयाँ महाप्रबन्धक नियुक्त गरिँदै

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ६ गते १०:२९

६ माघ, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आफू माताहतका दुई संस्थानले महाप्रबन्धक छनोट गर्न आवेदन माग गरेको छ । पारवहन तथा गोदाम ब्यवस्था कम्पनी र नेपाल इन्टरमोडल यातायात विकास समितिले सोमबार सूचना जारी गर्दै महाप्रबन्धक पदमा खुल्ला आवेदन माग गरेको हो ।

पारवहन तथा गोदाम ब्यवस्था कम्पनीमा महाप्रबन्धक बन्न जनप्रशासन, ब्यवस्थापन, मानविकी वा समाजशास्त्र मध्ये कुनै एक विषयमा स्नातकोत्तर गरेको हुनु पर्नेछ । आवेदकको उमेर ३० वर्ष पूरा भएको हुनु पर्ने छ । यस्तै नेपाल इन्टर मोडल यातायात विकास समितिका लागि पनि स्नातकोत्तर अनिवार्य गरिएको छ ।

पाँच वर्षको अनुभव हुनु पर्ने छ । दुवै पदका लागि माघ २१ दिनभित्र आवेदन गरिसक्नु पर्ने सूचनामा उल्लेख छ । दुवै पदका लागि उम्मेद्वारले ब्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण पेश गर्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?