 
																			६ माघ, काडमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै राजीनामा दिइन् ।
नेपाल कम्युनस्टि पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सभामुखको उम्मेदवारको टुंगो लगाएसँगै उनले राजीनामा दिएकी हुन् ।
शिवमायाको राजीनामासँगै सभामुख चयन प्रक्रिया पनि सुरु हुँदैछ । नेकपाले अग्नि सापकोटालाई उम्मेदवार बनाएको छ । उम्मेदवार बन्ने वित्तिकै सापकोटाले बधाई पाइरहेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा सहभागी भएका सापकोटालाई बैठककै क्रममा सांसदहरुले बधाई दिइरहेका थिए । सापकोटा पालैपालो हात मिलाउँदै बधाई स्वीकार गरिरहेका थिए ।
सभामुखको चुनाव यही माघ १२ मात्रै हुँदै छ ।
 
   
  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4