Comments Add Comment

रुविनाको आशा

नव–नायिका रुविना थापालाई चलचित्र क्षेत्रमा स्थापित हुन सहज छैन भन्ने थाहा छ । किनकी, यो क्षेत्रमा आउने धेरै अनुहारमध्ये निकै कम मात्र स्थापित भएर अगाडि बढेका छन् ।

नायिका थापा भन्छिन्–‘म चलचित्रको पृष्ठभूमीबाट आएकी होइन । अब, बल्ल मेरो पृष्ठभूमी चलचित्र बनेको छ । यहाँ काम गर्न र स्थापित हुन सोचेजस्तो सजिलो छैन ।’

नायिका रुविना थापालाई संभावना बोकेको कलाकारको रुपमै देखेर चलचित्र ‘लभ डायरीज’को टिमले चलचित्रमा लिएको हो । चलचित्रको गीत र ट्रेलर सार्वजनिक भैसकेको अवस्थामा रुविना चलचित्रकर्मीको नजरमा पर्न सक्छिन् ।

हुनत, हरेक बर्ष यो क्षेत्रमा भित्रिने नयाँ अनुहारमध्ये बर्ष फेरिएसँगै चर्चा एकाधको मात्र हुन्छ । रुविना अगाडि बढ्नका लागि यो चलचित्र पनि चल्न आवश्यक छ ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment