Comments Add Comment

लुम्बिनी र पोखरामा विश्वशान्ति पूजा लगाउँदै पर्वतारोहण संघ

६ माघ, काठमाडौं । नेपाल पर्वतारोहण संघले लुम्बिनी र पोखरामा तेस्रो विश्व शान्ति पूजा लगाउने भएको छ । संघले भमण वर्ष २०२० लाई सफल बनाउने तथा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको प्रचार-प्रसार गर्ने उद्देश्यले विश्व शान्ति पूजा लगाउन लागिएको जनाएको छ ।

विश्वमा स्थायी शान्तिको कामना, नेपालमा स्थापित धार्मिक सहिष्णुतालाई प्रचार प्रसार, धार्मिक पर्यटनलाई नेपालको पर्यटन गतिविधिका रुपमा स्थापित गर्न विश्व शान्ति पूजा सहयोगी बन्ने आयोजकको भनाई छ । संघका अध्यक्ष शन्तवीर लामाले बुद्ध नेपालमै जन्मेको तथ्य स्थापित गर्न पूजाले योगदान गर्ने बताए । माघ २० देखि २२ सम्म हुने पूजा लुम्बिनीबाट शुरु हुनेछ ।

लुम्बिनीबाट शान्ति द्धीप पोखरामा ल्याइने कार्यक्रम छ । मुख्यमन्त्री शंकर पोखरेलले शान्तिद्धीप प्रज्ज्वलन गरि शुरु हुने कार्यक्रमको शान्तिद्धीप पोखरामा गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लिनेछन् । समापन समारोहमा सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्ड सहभागी हुने आयोजकले जनाएको छ ।

५ फेब्रअरीमा अन्तर्राष्ट्रिय पर्वतीय संग्राहलय दिवसका अवसरमा मन्जुश्रीको मन्त्र उच्चारणसहित विशेष समारोह आयोजना हुने संघले उल्लेख गरेको छ । उक्त अवसरमा प्रसिद्ध बौद्ध गुरुले पूजा गर्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment