+
+
Shares

यामाहा सलुटोको खरिदमा ३२ इन्चको भिडियोकन टिभी

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ६ गते १८:२५

६ माघ, काठमाडौं । विवाहको मौसमलाई लक्षित गरी नेपालका लागि यामाहा टू-ह्वीलर्सको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रा. लि.ले यामाहा सलुटोका ग्राहकहरुका लागि आकर्षक योजना अघि सारेको छ ।

यामाहा प्याटेन्टेन १२५ सीसीको ब्लुकोर इन्जिनजडित यामाहा स्यालुटो उच्च कोटीको पर्फर्मेन्स, उत्कृष्ट माइलेज र विश्वसनीयताका कारण ग्राहकमाझ लोकपि्रय छ । यामाहा सलुटोको नारा ‘माइलेज तिमीलाई सलाम’ रहेको छ ।

‘दाम्पत्य जीवनको शुरुवात्, यामाहा स्यालुटोको साथ’ शिर्षक राखिएको यस योजनाले विवाहको मौसममा नवविवाहित दम्पत्तिहरु र भर्खरै सम्बन्धमा जोडिएको परिवारहरुमाझ थप खुशी र हर्ष ल्याउने अपेक्षा एमएडब्लु इन्टरप्राइजेजले लिएको छ ।

यो योजना अन्तर्गत यामाहा सलुटो र यामाहा एसजेड आरआर भी २.० को खरिद गर्ने ग्राहकले भिडियोकनको ३२ इन्च एलइडि टिभी पाउनु हुनेछ ।

‘हामी यो विवाहकको मौसमलाई थप उल्लासमय बनाउन चाहन्छौं । त्यसैले सलुटो वा एसजी आरआर किन्दा उपहारमा टिभी पाउने योजना ल्याएका छौं । हामीलाई विश्वास छ यो योजनाले नवविवाहित दम्पत्ति मात्र होइन भर्खरै पारिवारिक सम्बन्धमा जोडिएकाहरु पनि खुशी हुनुहुनेछ । जीवनको नयाँ अध्याय सुरुवात गर्ने सबैमा सुखद दाम्पत्य जीवनको शुभकामना पनि व्यक्त गर्न चाहन्छौं,’ यामाहाका मार्केटिङ हेड विक्रम पौडेलले भने ।

यो योजना माघ ५ गतेदेखि नेपालभर रहेका सबै यामाहा डिलरहरुमा लागू गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?