Comments Add Comment

दुई नयाँ गन्तब्य थप्दै बुद्ध एयर

७ माघ, काठमाडौं । निजी लगानीको वायसेवा कम्पनीको बुद्ध एयरले आगामी फेब्रुअरीबाट दुई गन्तब्यमा उडान विस्तार गर्न भएको छ । कम्पनीले काठमाडौंबाट राजविराज र पोखराबाट विराटनगर उडान विस्तारको तयारी गरेको हो ।

कम्पनीका अनुसार क्षेत्रीय उडान विस्तारका क्रममा ३ फेब्रुअरी २०२० (२० माघ) बाट बुद्धले पोखरा-विराटनगर रुटमा उडान गर्ने भएको छ ।

यो रुटमा साताको तीन उडान गर्ने गरि योजना अगाडि बढाएको छ । पोखरा-विराटनगर रुटमा सोमबार, बुधबार र शुक्रबार उडान हुने भएको छ ।

यता, राजविराजमा भने बुद्धले १ फेब्रुअरीबाट काठमाडौंदेखि दैनिक उडान गर्दैछ । अब राजविराजमा दुई वायुसेवा कम्पनीले प्रतिस्पर्धा गर्ने भएका छन् । यहाँ यसअघि श्री एयरलाइन्सले उडान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment