 
																			७ माघ, काठमाडौं । घुस लिएको आरोपमा मोरङको इलाका प्रहरी कार्यालय उर्लावारीमा कार्यरत प्रहरी हवल्दार राजु श्रेष्ठविरुद्ध विशेष अदालत काठमाडौंमा मंगलबार मुद्धा दायर भएको छ ।
काठ फर्निचरको कारोबारमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ८ हजार रुपैयाँ घुस लिएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठविरुद्ध मुद्धा दायर गरेको हो ।
इटहरीबाट खटिइएको आयोगको टोलीले श्रेष्ठलाई सेवाग्राहीबाट ८ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानको क्रममा श्रेष्ठले सेवाग्राहीको व्यवसाय संचालनमा सहज गरिदिने भनी घुस लिएको तथ्य पुष्टि हुन आएकोले उनीविरुद्ध मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4