+
+
Shares

५ हजार घुससहित प्रहरी जवान पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ८ गते १२:२८

८ माघ, सिराहा । सिराहाबाट एक जना प्रहरी जवान बुधबार बिहान घुससहित पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय सुखीपुरमा कार्यरत प्रहरी जवान राजकुमार यादव ५ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

प्रहरी जवान यादवले भारतीय बजारबाट भन्सार छलेर सामान ल्याउन सहयोग गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

यादवलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?