Comments Add Comment

जापानले ल्याउँदैछ सिक्स जी नेटवर्क

विश्वका धेरै विकशित देशहरु अहिले फाइभ जी नेटवर्कका पूर्वाधारहरु विकास गर्ने काममा लागिरहेका छन् । विश्वमा फाइभ जी नेटवर्क पूर्ण रुपमा सञ्चालनमा आउनका लागि अझै केही वर्ष लाग्नेछ । तर जापान चाहिँ फाइभ जी भन्दा पनि एक कदम अगाडि बढ्दै सिक्स जी नेटवर्कको विकासमा अगाडि बढेको छ ।

फाइभ जी नेटवर्कको विकासमा अन्य विकसित मुलुकहरु भन्दा पछाडि रहेको जापान सिक्स जी नेटवर्कको मापदण्डको तयारीमा लागेको हो । जापानी सञ्चार माध्यम निक्केइको एक रिपोर्ट अनुसार जापानले सिक्स जी नेटवर्कको आउटलाइन तयार गरिरहेको छ ।

समाचार अनुसार जापानको सिक्स जी नेटवर्क मौजूदा फाइभ जी नेटवर्क भन्दा १० गुणा तिव्र गतिको हुनेछ ।

सिक्स जी नेटवर्क विकासका गर्नका लागि जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले यहीँ महिना सिभिलियन सोसाइटी अफ रिसर्चको गठन गर्नेछ ।

यद्यपि फाइभ जी भन्दा तिव्र गतिको नेटवर्क तयार गर्ने दौडमा केवल जापान मात्र होइन विश्वमा अन्य देशहरु पनि सामेल रहेका छन् । जापानको अलावा दक्षिण कोरिया, फिनल्याण्ड तथा चीनले पनि फाइभ जी भन्दा तिव्र नेटवर्कको विकास गर्ने तयारी गरिरहेका छन् ।

वास्तवमा फाइभ जी नेटवर्क फोर जी भन्दा २० गुणा तिव्र गतिको हुन्छ । अर्थात् फाइभ जी नेटवर्कमा एउटा पूरै फिल्म इन्टरनेटबाट केवल १ सेकेण्ड मात्रैमा डाउनलोड गर्न सकिन्छ ।

फाइभ जी नेटवर्कलाई एडभान्स्ड एप्लिकेसनको रुपमा स्वचालित सवारी साधनहरुमा समेत प्रयोग गर्न सकिन्छ । फाइभ जी को व्यवसायिक प्रयोग विश्वमा यसै वर्षबाट मात्र सुरु हुने अपेक्षा गरिएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment