Comments Add Comment

आलियाको स्पष्टिकरणः ‘घाइते भएकी होइन, पुरानो घाउ वल्झियो’

चलचित्र ‘गंगुबाई काठियावाडी’को छायांकनका क्रममा नायिका आलिया भट्ट घाइते भएको खबर फैलियो । यो खबर फैलिएपछि आलियाले स्पष्टिकरण दिएकी छिन् । आलियाले विज्ञप्ती नै जारी गर्दै चलचित्रको छायांकनका क्रममा आफू घाइते नभएको उल्लेख गरेकी छिन् । उनले, आफ्नो पुरानो घाउ वल्झिएकाले केही दिन छायांकन रोकेर आराम गरेको उल्लेख गरेकी छिन् ।

उनले आफूलाई शिर्घ स्वास्थ्य लाभको शुभकामना दिनेहरुलाई धन्यवाद समेत दिएकी छिन् । आलियाले सामाजिक संजालमा आफू निदाइरहेको तस्वीर पोष्ट गरेपछि उनी घाइते भएको खबर फैलिएको थियो ।

आलियाले विज्ञप्तीमा भनेकी छिन्–‘ती सबै समाचार, जसमा मैले छायांकन सेटमा आफूलाई घाइते बनाएकी छु भन्ने छ, ती सबै गलत छन् । यो एक पुरानो चोट हो, जुन फेरि बल्झियो । यसकारण, म केही दिन घरमै आराम गर्नुपर्ने भयो । यो दुर्घटना वा अरु केही पनि होइन ।’

आलिया अहिले संजलिला भन्सालीको निर्देशनमा बनिरहेको चलचित्र ‘गंगुवाई काठियावाडी’मा काम गरिरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment