+
+
Shares

५ हजार घुससहित सब डिभिजन वन कार्यालय सैनामैनाका प्रमुख पक्राउ

कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७६ माघ ८ गते १३:४०

८ माघ, बुटवल । रुपन्देहीको सैनामैना सब डिभिजन वन कार्यालयका प्रमुख पुष्पराज श्रेष्ठ घुससहित पक्राउ परेका छन् ।

सेवाग्राहीसँग काठको सिफारिस गरेवापत ५ हजार रुपैयाँ घुस लिएको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रंगेहात पक्राउ गरेको हो ।

अख्तियार बुटवल कार्यलयका प्रवक्ता सुरेश भुसालका अनुसार श्रेष्ठलाई बुटवल उपमहानगरपालिको नयाँ गाउँबाट नियन्त्रणमा लिइएको हो ।

श्रेष्ठलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको भुसालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?