+
+

धादिङमा युवाको दुई समूहबीच झडप, एकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ८ गते १५:४६

८ माघ, धादिङ । धादिङमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खनियाँवास गाउँपालिका–४ का युवा २५ वर्षीय सन्तबहादुर तामाङ छन् ।

तामाङ यसअघि कर्तव्य ज्यान मुद्दामा जेल सजाय भुक्तान गरिसकेका व्यक्ति हुन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घटनामा अर्का युवा गम्भीर घाइते छन् । घाइते रविन तामाङको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

धादिङका प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले अनलाइनखबरलाई बताएअनुसार गएराति ७ बजेतिर घटना भएको हो । ‘अबेरसम्म युवाको समूहबीच झडप भएको रहेछ’, उनले भने, ‘म घटनास्थलमा पुगेर भर्खर फर्किँदैछु ।’

प्रहरीका अनुसार दार्खामा गुराँस युवा क्लबले फुटबल प्रतियोगिता आयोजना गरेको थियो । त्यसक्रममा रेफ्रीसँग झगडा हुँदा कुटाकुट भएको थियो । यद्यपि, विवादको कारण यो मात्र नभएको प्रहरी आशंका छ ।

प्रहरीले घटनामा संलग्न भएको आशंकामा रेफ्री रोशन तामाङ र उनका भाइ रामलाई पक्राउ गरेर हिरासतमा लिएको छ ।

झडपमा रड, फलाम लगायतका वस्तु प्रहार गरिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?