Comments Add Comment

यसरी भइरहेको छ सातै प्रदेशमा राष्ट्रियसभाको निर्वाचन (फोटो फिचर)

९ माघ, काठमाडौं । यही फागुन २१ बाट रिक्त हुन लागेका राष्ट्रियसभाका १८ सिटका लागि अहिले देशका सातवटै प्रदेशमा मतदान भइरहेको छ ।

मतदानस्थल तोकिएका सातै प्रदेशमा शान्तिपूर्ण रूपमा अहिले मतदान भइरहेको निर्वाचन आयोगका प्रवक्ता सह–सचिव राजकुमार श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।

५३ हजार ५ सय ८ मतभार रहेको निर्वाचनको चुनावी मैदानमा ६ दलका ४५ उम्मेदवार छन् ।

निर्वाचन आयोगले प्रदेश १ का लागि विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृहलाई मतदानस्थल तोकेको छ । त्यहाँ निर्धारित १० बजेदेखि सुरु भएको मतदान अहिले शान्तिपूर्ण रूपमा भइरहेको छ ।

प्रदेश २ को जनकपुर उपमहानगरपालिकास्थित महेन्द्र नारायण स्मृति भवनलाई मतदानस्थल तोकिएको छ । यहाँ पनि शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

ललितपुर महानगरपालिका–४ स्थित वडा समिति भवनलाई वागमती प्रदेशको मतदानस्थल बनाइएको छ । यहाँ पनि बिहान १० बजेदेखि नै मतदान भइरहेको छ ।

गण्डकी प्रदेशको मतदानस्थल तोकिएको पोखरा महानगरपालिकामा अवस्थित निर्वाचन कार्यालय, प्रदेश ५ को घोराहीस्थित कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशको मतदानस्थल तोकिएको जिल्ला निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिमका लागि दिपायलस्थित पद्य पब्लिक मुक्तिनारायण उच्च माविमा पनि राष्ट्रियसभा सदस्यका लागि निर्वाचन भइरहेको छ ।

बिहान १० बजेदेखि सुरु भएको मतदान अपराह्न ४ बजेसम्मच चल्ने निर्वाचन आयोगले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment