Comments Add Comment

धिरजको प्रतिक्षा कहिलेसम्म ?

नायक धिरज मगरको डेब्यू चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ रिलिज भएको पनि डेढ बर्ष हुन लाग्यो । तर, धिरज यसपछि पर्दामा आएका छैनन् । बरु, उनले अभिनय गर्ने भनिएको चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन नै सुरु हुन सकेको छैन । यो चलचित्र धिरजको साथमा नायिका जसिता गुरुङ मुख्य भूमिकामा छिन् ।

रेनशा वान्तवा राइले यो चलचित्रको निर्देशन गर्दैछिन् । तर, यहीविचमा नायिका जसिता गुरुङले नायक अनमोल केसीसँग जोडी बन्ने गरी चलचित्र ‘एन्टी हिरो’ साइन गरेकी छिन् । निर्माणटिमका अनुसार, यो चलचित्रको छायांकन वैशाख १ गतेबाट सुरु हुनेछ ।

जसिताले ‘एन्टी हिरो’मा काम गर्ने पक्का गरेसँगै अब ‘आई एम ट्वान्टी वान’को छायांकन कहिलेबाट सुरु हुन्छ भन्ने प्रश्न उब्जिएको छ । यदि, भूवन केसीको चलचित्र भन्दा रेनशाको चलचित्रको छायांकन ढिलो सुरु भएको खण्डमा धिरजलाई दर्शकले अझै प्रतिक्षा गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment