+
+
Shares

सीमा सुरक्षालाई मजबुत बनाएका छौं : सशस्त्र प्रहरी महानिरीक्षक खनाल

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ९ गते १३:०४

९ माघ, काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले सीमा सुरक्षालाई मजबुत बनाइएको बताएका छन् । देशको सीमानाको रक्षार्थ तराइदेखि हिमालसम्म सीमा सुरक्षालाई बलियो पारिएको उनले बताएका हुन् ।

सशस्त्र प्रहरी बलको १९ औं स्थापना दिवसलाई सम्बोधन गर्दै आईजीपी खनालले भने, ‘सीमानामा गण, गुल्म र बीओपीका माध्यमबाट सीमा सुरक्षालाई मजबुत र व्यवस्थित बनाउँदै सबै सुरक्षा र स्थानीय निकायको समन्वय र सहकार्यमा हामीले पाएको उत्तरदायित्व र जिम्मेवारीलाई पूरा गर्दै आएको छौं ।’

उनले कार्यादेशअनुसार संगठनले आधुनिक प्रविधिको प्रयोग गरी सुरक्षालाई आधुनिकीकरण एवं विशिष्टिकरण गर्दै अगाडि बढाइरहेको पनि बताए । खनालले थपे, ‘अझ यसलाई दीर्घकालीन रुपमा बलियो बनाउन सांगठनिक संरचना परिवर्तन गरी हिजोको आवश्यकतालाई हेरेर गृह मन्त्रालयको पहलमा ७७ वटै जिल्लामा सशस्त्र प्रहरीको पहुँच पुर्‍याइएको छ ।’

खनालले आफ्नो कार्यकालको पौने दुई वर्षे अवधिमा ५६ वटा नीति निर्देशिका, कार्यविधि र ६५ वटा तालिम पाठ्यक्रम बनाएर तालिम शिक्षालयका साथै प्रधान कार्यालय, बाहिनी गण, गुल्म र बीओपीका माध्यमबाट नीति कार्यान्वयनलाई अघि बढाइएको बताए ।

‘जस्तुसुकै परिस्थितिमा पनि जे गर्न पनि तयार रहनु हाम्रो मौलिक दायित्वभित्र पर्दछ’, उनले भने, ‘अझै पनि संगठनका विविध पक्षमा सुधारका खाँचो हामी सबैले महसुस गरेका छौं, हाम्रा प्रक्रिया, प्रणाली र पद्धतिमा ठूलो परिवर्तनको खाँचो छ ।’

खनालले थपे, ‘गलत विचार र संगठनको हित विपरीतका प्रक्रियामा जहिलेसम्म सुधार गर्न सकिन्न, संगठनलाई बलियो बनाउन र राम्रो संस्कार बसाउन र बलियो वर्क कल्चरको जर्गेना गर्न सकिँदैन ।’ त्यसैले गलत मानसिकता र प्रवृत्तिलाई भत्काउनका लागि सम्पूर्ण राष्ट्रसेवकमा सकरात्मक सोच र सम्पूर्ण कार्यशैलीमा परिवर्तन गराई असल र दीर्घकालीन सोच राख्नु आफ्नो लक्ष्य रहेको उनले बताए ।

‘हाम्रो सानो गल्ती र कमजोरीले जनतामा नकारात्मक प्रभाव पर्ने मात्र होइन, संगठन र राष्ट्रलाई समेत ठूलो हानी पुर्‍याउँछ’, उनले भने, ‘यसर्थ संगठनलाई शिरमा राखी राष्ट्रले चाहेको र जनआकांक्षा अनुरुपको सुरक्षाका साथ योगदान दिन सक्यौं भने मात्र उत्तरार्धतिर जाँदै गरेका संगठनका नेतृत्वकर्ताहरुले संगठनको भविष्य तयार गर्ने गर्‍यौं भनेर गर्व गर्न सक्छौं ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?