+
+
Shares

मोरङको हरैंचामा सबैभन्दा धेरै वर्षा, आज पनि मधेश र कोशीमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मोन्था चक्रवातको प्रणाली आज कोशी र मधेश प्रदेशमा केन्द्रित हुने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १४ गते ७:०७

१४ कात्तिक, काठमाडौं । बंगालको खाडीमा विकसित मोन्था चक्रवातको आंशिक असरले मधेश र कोशी प्रदेशका एक–दुई स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ । पछिल्लो तीन घण्टामा मोरङको हरैंचामा सबैभन्दा धेरै १०४ मिलिमिटर वर्षा भएको छ ।

यसैगरी सप्तरीको बरमझियामा ५७.४ मिलिमिटर वर्षा मापन भएको छ ।

जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार मोन्था चक्रवातको प्रणालीको प्रभाव आज कोशी र मधेश प्रदेशमा केन्द्रित हुने छ । त्यसको प्रभावले आज पनि कोशी र मधेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान रहेको उनले जानकारी दिइन् ।

साथै काठमाडौं उपत्यकासहित बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा मध्यम वर्षा र अन्य प्रदेशहरुमा हल्का वर्षा हुने उनको भनाइ छ ।

यसैगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भेगहरुमा हिमपातको समेत सम्भावना छ ।

भोलि शनिबार बिहानदेखि भने मौसममा सुधार हुने सम्भावना रहेको प्रवक्ता पोखरेलले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?