Comments Add Comment

धुलोले छोपेपछि घरबाट पानी ल्याएर सडक सफाइ

९ माघ, रामेछाप । धुलोले घरबाट बाहिर निस्कनै नसक्ने भएपछि रामेछाप सदरमुकाम मन्थलीको देवकोटाचोकका वासिन्दाले बिहीबार सडक सफाइ गरेका छन् । उनीहरु हातमा कुचो, सावेल र पानीको बाल्टी लिएर सरसफाइमा निस्किएका हुन् ।

बिहीबार बिहानदेखिनै टोलबासीहरु सडक सफा गर्न निस्किएका थिए । हिउँदेझरीले बगाएको माटो र सडकमा गाडी गुड्दा ल्याएको माटो सुकेपछि मन्थली बजारको केन्द्र देवकोटा चोकमा गाडी गुड्दा अत्यधिक धुलो उड्न थालेको थियो ।

मन्थली नगरपालिकासँग अनुरोध गरेर २ दमकल पानी ल्याई सडकको माटो बगाएको र नपुग पानी घरघरबाट बाल्टीमा ल्याएको देवकोटा चोक टोल सुधार समितिका संयोजक एवं रामेछाप उद्योग वाणिज्य संघका सचिव सुरेश उदासले बताए ।

‘धुलोको कारण सडकमा निस्कनु त परैजाओस् व्यापार व्यवसाय गर्न सटरमा समेत बस्न नसक्ने अवस्था भयो । त्यसैले टोलबासी मिलेर सडक सफाइ गरिएको हो’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment