+
+
Shares

स्थापनाको छोटो समयमा सशस्त्र प्रहरीको असाधारण योगदानः ओली

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ९ गते १८:३६

९ माघ, काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले स्थापनाको छोटो समयमा असाधारण योगदान पुर्‍याएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशंसा गरेका छन् । सशस्त्र प्रहरीले बहुआयामिक ढंगले सुन्दर परिचय स्थापित गरेको उनले बताए ।

सशस्त्र प्रहरीको १९ औं स्थापना दिवसलाई सम्बोधन गर्दै ओलीले भने, ‘सशस्त्र प्रहरीले शान्ति सुव्यवस्था कायम गर्नेदेखि लिएर स्वच्छता पारदर्शिता, भष्टाचार नियन्त्रण जस्ता कुराहरुमा आफूलाई नमूनाको रुपमा प्रस्तुत गर्दै आएको छ । बेरुजु फर्छयौट जस्ता कुरामा पनि अग्रणी स्थानमा रहेको जानकारी पाउँदा खुशी लागेको छ ।’

उनले सशस्त्र प्रहरीले कठिनाइको समयमा खोज तथा उद्दारमा असाधारण योगदान दिएको पनि बताए । उनले भने, ‘२०७२ सालमा भएको महाभूकम्पका वेला सशस्त्र प्रहरीले खोज तथा उद्दारमा असाधारण योगदान पुर्‍याएको छ ।’

ओलीले सशस्त्र प्रहरी बललाई सुदृढ र सबल बनाउनलाई राज्यले धान्न सक्ने सहयोग गर्ने प्रतिवद्धता पनि जनाए । समग्र राष्ट्र सुशासन र विकासको कार्यमा अगाडि बढेको बताउँदै उनले आमनागरिकले पनि यसमा साथ दिनु आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?