+

नेपालद्धारा मैत्रिपूर्ण सिरिज क्लिन स्वीप

२०७६ माघ  ९ गते १८:५७ २०७६ माघ ९ गते १८:५७
नेपालद्धारा मैत्रिपूर्ण सिरिज क्लिन स्वीप

९ माघ, काठमाडौं । तेस्रो एकदिवसीयमा ५ विकेटको जितसँगै नेपालले मलेसियाविरुद्धको मैत्रिपूर्ण सिरिज क्लिन स्वीप गरेको छ ।

पोखरामा मलेसियाको टोलीले दिएको १५८ रनको लक्ष्य नेपालले २३.५ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।

नेपालको सुरुवात भने निकै खराब थियो । कुशल भुर्तेल शून्य र सुनिल धमला मात्र ५ रनमा आउट भएपछि नेपालले कुल ६ रन जोड्दा दुई विकेट गुमाइसकेको थियो ।

तर रोहितकुमार पौडेलले उत्कृष्ट पारे खेले । उनले दीपेन्द्र सिंह ऐरीसँग ६९, लोकेश बम र विनोद भण्डारीसँग समान ३९ रनको साझेदारी गरे । उनी ८१ रन बनाएर आउट भए । विनोद भण्डारी ५ र कुशल मल्ल १ रनमा अविजित रहे ।

यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले ४३.४ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनाएको थियो । उसका लागि भूषण विलास सेवले सर्वाधिक ३० रन बनाए ।

नेपालका लागि विनाश बोहोराले ३ विकेट लिँदा ललितनारायण राजवंशी र कुशल मल्लले समान २/२ विकेट लिए ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय