Comments Add Comment

‘डीयर कमरेड’बाट रश्मिकाको लोभलाग्दो चर्चा

यतिबेला नेपाल युटुबको नम्बर १ ट्रेन्डिङमा ‘डीयर कमरेड’ नामक चलचित्र छ । तेलुग, मलायालम र कन्नडा भाषामा बनेको यो चलचित्रलाई हिन्दी भाषामा डब गरेर युटुब रिलिज गरिएको हो ।

सार्वजनिक भएको केही दिनमै यो चलचित्रले युटुबमा ३ करोड भन्दा बढी भ्यूज पाएको छ । चलचित्र ‘अर्जुन रेड्डी’बाट विश्व बजारमै चर्चामा आएका नायक विजय देवेराकोन्डा अभिनित यो चलचित्रमा नायिकाको रुपमा रश्मिका मान्डणा छिन् । यो चलचित्र रिलिज भएसँगै उनको चर्चा चुलिएको छ ।

सामाजिक संजालमा उनलाई पछ्याउनेको संख्या बढेको छ । सामाजिक संजाल फेसबुकमा उनका ११ लाख भन्दा बढी फलोअर्स छन् । विशेषगरि, रश्मिकाको अभिनय र उनको मुस्कानलाई दर्शकले रुचाएका छन् । उसो त, रश्मिकाको यो पहिलो चलचित्र भने होइन । उनलाई ‘कर्नाटक क्रस’को रुपमा कन्नडा चलचित्र नगरीमा चिनिन्छ ।

उनले अभिनय गरेको पहिलो चलचित्र ‘किरिक पार्टी’ सन् २०१६ मा रिलिज भएको थियो, जुन बक्स अफिसमा हिट भयो । उनले सन् २०१७ मा ‘अन्जानी पुत्र र चमक’मा काम गरिन् । यस्तै, उनले तुलुगु चलचित्रमा सन् २०१८ मा ‘चलो’ नामक चलचित्रबाट डेब्यू गरेकी थिइन् ।

उनी अभिनित चलचित्र ‘गीतथा गोविन्दम’ सन् २०१८ मै रिलिज भयो, जसले सर्वाधिक नाफा कमाउने तेलुगु चलचित्रको रुपमा आफूलाई स्थापित पनि गर्यो । उनी अहिले तेलुगु र कन्नडा चलचित्र नगरीमा सर्वाधिक रुचाइएकी नायिकाको रुपमा स्थापित छिन् ।

सन् १९९६ मा अप्रिल ५ मा जन्मिएकी यी सुन्दरीलाई ‘डीयर कमरेड’ नामक चलचित्रले विश्व बजारमा लोकप्रिय बनाइदिएको छ । युटुबमा हिन्दी भाषामा समेत यो चलचित्र रिलिज भएपछि उनलाई पछ्याउने र उनलाई रुचाउनेको संख्या बढेको हो ।

रश्मिका र नायक रक्षित सेट्टीको इन्गेजमेन्ट सन् २०१७ मा भएको थियो । तर, उनीहरुले सन् २०१८ मा आफ्नो इन्गेजमेन्ट तोडेका थिए । रश्मिकाले सन् २०१२ बाट मोडलिङ सुरु गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment