+
+
Shares

पुनर्निर्माण प्राधिकरणका सबइन्जिनियर घुससहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १० गते १६:३९

१० माघ, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको भोजपुर शाखामा कार्यरत सब-इन्जिनियर प्रकाश तिवारी घुससहित पक्राउ परेका छन् ।

भूकम्पपीडितको पूनर्निमित घरको निर्माण सम्पन्न रिपोर्ट बनाइदिए बापत सेवाग्राहीसँग ६ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्‍धान आयोग इटहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनलाई भोजपुर नगरपालिका ७ स्थित प्रधान होटलबाट रकमसहित नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?