
१० माघ, काठमाडौं । पाँचौ आरबीबी क्लब च्याम्पियनसिप भलिवलको पुरुषतर्फको उपाधि हेल्प नेपाल क्लबले जितेको छ । विभागीय टोली एपीएफ सोझो सेटमा हराउँदै हेल्प नेपालले उपाधि जितेको हो ।
हेल्प नेपालले उपाधि जित्दा एपीएफ २५–१७, २५–१४ र २५–२० को सोझो सेटमा स्तब्ध बनेको हो । हेल्प नेपालले सबै सेटमा अग्रता बनाउँदै उपाधि उचाल्न सफल भएको हो ।
पाँचौ संस्करणको पुरुष क्लब च्याम्पियनसिप सम्पन्न हुँदा हेल्प नेपालले दोस्रो पटक यसै प्रतियोगिताको उपाधि जितेको हो । यसअघि हेल्प नेपालले २०७३ को संस्करणमा उपाधि जितेको थियो ।
हेल्प नेपालले उपाधिसँगै नगद २ लाख रुपैयाँ हात पार्यो । उपविजेता बनेको एपीएफले १ लाख हात पार्दा तेस्रो भएको आर्मीले नगद ५० हजार हात पार्यो ।
शुक्रबारै सम्पन्न तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा आर्मीले पुलिसमाथि २५–१८, २५–१८ र २५–२० को सहज जित निकालेको थियो । प्रतियोगितामा पुरुष तर्फ ११ र महिलातर्फ ७ टोलीले सहभागिता जनाएका थिए ।
पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस क्लबका अमित सर्बोेत्कृष्ट खेलाडी घोषित भए ।
प्रतिक्रिया 4