Comments Add Comment

युएईले मुस्कान छर्ने नेपालीहरुको कथा

युएई । नेपाली समाजमा अझै पनि खाडीका देशमा श्रमरत नेपालीलाई सामान्य कामदारका रुपमा हेर्ने गरिन्छ ।

सामाजिक प्रतिष्ठासँग जोडेर हेर्ने हो भने कुनै नेपालीले खाडीका देशमा श्रम गर्छु भन्दा समाजले उसको योग्यता र सीपलाई फरक नजरले मूल्यांकन गर्छ । यी देशमा काम गर्नेहरु अदक्ष, सामान्य लेखपढ  र अन्य क्षेत्रमा जान नसकेकाहरु छन् भन्ने सोचाइ यदाकदा अझै पनि छ ।

युएईमा करिब २ लाख ५० हजार नेपाली श्रमरत छन् । विभिन्न क्षेत्रमा श्रम गरिरहेका नेपालीले देशको अर्थतन्त्रमा मात्र योगदान दिएका छैनन् ।

उनीहरुले यहाँबाट आर्थिकोपार्जनसँगै सीप, दक्षता, विकासका पूर्वाधारको नयाँ प्रयोगलाई प्रत्यक्ष अनुभूत गरिरहेका छन् । उनीहरुले आर्जन गरेको सीप देशमा समेत भित्रिएको छ ।

सुरुआतमा सामान्य कामदारका रुपमा युएई आएका नेपालीहरु करिब एकदशक यतादेखि आफ्नै लगानीमा व्यवसाय संचालन गर्ने हैसियतमा पुगेका छन् । शारीरिक श्रम गर्ने मजदुरदेखि कम्पनी संचालकको हैसियतमा पुग्नुको पछाडि थुप्रै कथा लुकेको हुन्छ ।

युएईमा सफलता पाएका  तीनै नेपालीको कथालाई पुस्तकमा संग्रहित गरिएको छ । बुलबुल पब्लिकेशन प्रा.लिले प्रकाशनमा ल्याएको ‘युएईले बाँडेको मुस्कान’ नामक पुस्तकमा युएईमा सफलता पाएका नेपालीको कथालाई समेटिएको हो ।

काम र दाम कमाएकाहरुको मात्र नभएर सीप र ज्ञान आर्जन गरेका श्रमिकको कथालाई पनि पुस्तकमा समेटिएको प्रकाशकले जनाएको छ ।

४० जना नेपालीको कथा समेटिएको उक्त पुस्तक  युएईमा श्रमगर्न आउनेहरुका लागिसमेत ज्ञानबर्द्धक रहेको पब्लिकेशनकी अध्यक्ष ध्रुर्व केसीले बताइन् ।

युएईले बाँडेको मुस्कान’ को विमोचन

 शुक्रबार नेपाली दूतावास आबुधाबीमा एक कार्यक्रमकाबीच ‘युएईले बाँडेको मुस्कान’को विमोचन गरिएको छ ।

गैरआवासीय नेपाली संघ संस्कृतिक तथा भाषा साहित्य प्रवर्द्धन समितिको मुख्य आयोजनामा दूतावासको सभाहलमा भएको कार्यक्रममा युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल, उज्यालो रेडियो नेट्वर्क तथा उज्यालो अनलाइनका संचालक गोपाल गुरागाईं, बुलबुल पब्लिकेशनकी धुर्ब केसीलगायतले पुस्तकको संयुक्त रुपमा विमोचन गरेका हुन् ।

विमोचन सम्मारोहमा बौल्दै राजदुत ढकालले  विदेशमा आर्जन गरेको  सीपलाई स्वदेशको  विकासमा पनि जोड्नुपर्ने बताए । अभिलेखका रुपमा रहेको पुस्तक  युएई र नेपालको सम्बन्ध थप बलियो बनाउन महत्वपूर्ण हुने जनाए ।

एनआरएन यूएईका सह-कोषाध्यक्ष फडिन्द्र ढकालको सभापतित्व रहेको कार्यक्रममा पुस्तकबारे निमेष गिरीले टिप्पणी  गरेका थिए ।

कार्यक्रममा नेपाली दूतावासका पदाधिकारी, विभिन्न संस्थाका प्रतिनिधि,  समाजसेवी, साहित्यअनुरागी  लगायतको उपस्थिति रहेको थियो ।

पुस्तकको सम्पादन उज्यालोका संचालक गोपाल गुरागाईं र लोकप्रिय कार्यक्रम बुलबुलमा संचालक अच्युत घिमिरेले गरेका हुन् । पुस्तकमा समेटिएका कथालाई युएईबाट जे. सागर र रामप्रसाद ढुङेलले संकलन गरेका हुन् ।

सुरुआतमा प्रतिनिधि कथाका रुपमा ४० जनालाई समेटिएको भएता पनि आगामी अंकमा यसलाई निरन्तरता दिदै लैजाने पुस्तकका परिकल्पनाकारसमेत रहेका  घिमिरेले बताए ।

नेपाल, युएई तथा अन्यदेशका पाठकले सम्बिधित देशबाटै पुस्तक पढ्न सक्ने प्रकाशकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment