Comments Add Comment

सरकारी एम्बुलेन्समा राखेर गाँजा तस्करी

१२ माघ, काठमाडौं । मकवानपुरमा एम्बुलेन्स प्रयोग गरी गाँजा तस्करी गरेको पाइएको छ ।

रौतहटको डुमरिया नगरपालिकाको स्वास्थ्य चौकीको एम्बुलेन्समा ३० किलो ६ सय ग्राम गाँजा ओसारपसार भइरहेको अवस्थामा चालकसहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले जानकारी दिए ।

शनिबार बेलुका पौने ७ बजे मकवानपुर उपमहानगरपालिका १९ नेवारपानीको इलाका प्रहरी कार्यालयले बा २ झ १७४९ नम्बरको सरकारी  एम्बुलेन्समा चेकजाँच गर्दा गाँजा फेला परेको हो । त्यस क्रममा नेपाली र भारतीय गरी ९१ हजार रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ ।

प्रहरीले एम्बुलेन्स चालक रौतहटको डमुरिया नगरपालिकाका महम्मद खलिद, रौतहट डुमरियाका अशोक कुमार र भारत मोतिहारीका विनोद सहनीलाई पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानमा गाँजा तस्करीको लागि एम्बुलेन्स प्रयोग भएको देखिएको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कुर्मीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment