+
+

जीवन बीमा कम्पनीका सीईओहरुले खोले छुट्टै संगठन

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १२ गते १४:५८
Photo Credit : प्रतिकात्मक तस्वीर

१२ माघ, काठमाडौं । जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुले छाता संगठन स्थापना गरेका छन् । यस अघि जीवन तथा निर्जिवन बीमा कम्पनीहरु सबैको एकमात्रै संगठन नेपाल बिमक संघ रहेकोमा जीवन बीमा कम्पनीका सीईओहरुले छुट्टै संस्थाको स्थापना गरेका हुन् ।

हालै काठमाडौंमा बसेको भेलाले सूर्या लाइफ इन्स्यारेन्सका सीईओ शिवनाथ पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको थियो । नवगठित संस्थाका अध्यक्ष पाण्डेका अनुसार संस्था दर्ता ऐन, २०३४ बमोजिम “जीवन बीमक संघ नेपाल” नामक संस्थाको दर्ता समेत सम्पन्न भइसकेको छ ।

यस संघको कार्य समितिका पदाधिकारीहरुमा मेट लाइफ इन्स्योरेन्स कम्पनी सीईओ निर्मलकाजी श्रेष्ठ उपाध्यक्ष चयन भएका छन् भने सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सीईओ पोषकराज पौडेल सचिव चयन भएका छन् ।

यसैगरी संघको कोषाध्यक्षमा रिलायन्स लाइफ इन्स्योरेन्सका सीईओ प्रवीण रमण पराजुली चयन भएका छन् ।

सदस्यहरुमा भने राष्ट्रिय बीमा संस्थानका सीईओ कवि प्रसाद पाठक, युनियन लाइफ इन्स्योरेन्स कम्पनीका सीईओ मनोजकुमार लाल कर्ण, रिलायवल नेपाल लाइफ इन्स्योरेन्सका सीईओ नारायण बाबु लोहनी, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सीईओ राजकुमार अर्याल र ज्योती लाइफ इन्स्योरेन्स कम्पनी लि. का डेपुटी सीईओ प्रकाश बिक्रम खत्री चयन भएका छन् ।

संघले जीवन बीमा व्यवसाय तथा सोको विकाससंग सम्बन्धित नीति नियमहरुको तर्जुमा गर्ने तथा कार्यान्वयन गर्ने कार्यमा नियामक निकाय लगायत नेपाल सरकारका अन्य निकायहरुलाई जीवन बीमा संग सम्बन्धित आवश्यक सरसल्लाह एवं सुझाव उपलब्ध गराई सहयोग पु¥याउने लगायतका उद्देश्य राखेको बताइएको छ ।

यसैगरी नेपाल राज्यमा नियामक निकायबाट इजाजत लिई संचालित जीवन बीमा कम्पनीहरु बीच आपसी समझदारी, सौहाद्र्ध वातावरण कायम गरी व्यवसायको संरक्षण तथा बिकास गर्न आवश्यक कार्यक्रमहरु संचालन गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुको सदस्यता लिई नेपालको जीवन बीमा व्यवसायको विकासमा सहयोग पु¥याउने लगायतका संघको उद्देश्य रहेको अध्यक्ष पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?