Comments Add Comment

सशस्त्र प्रहरीमा कल्याणकारी प्याकेज घोषणा

१२ माघ, काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ)ले बहालवाला र अवकाशप्राप्त कर्मचारी तथा तिनका परिवारलाई लक्षित गर्दै कल्याणकारी प्याकेज घोषणा गरेको छ ।

हालै मात्र आफ्नो १९औं वाषिर्कोत्सव मनाएको सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्ऽ खनालले प्याकेज कार्यक्रम घोषणा गरेक हुन् । जसमा अनिवार्य अवकाश हुन पाँच वर्ष बाँकी रहेका परिचरदेखि जुनियर अधिकृतसम्मका कर्मचारीका एक जना बेरोजगार छोरीलाई स्नातक तह वा त्यसभन्दा माथि अध्ययन गराउन कोटा निर्धारण गरी फस्ट कम फस्टको आधारमा ३ लाख रुपैयाँसम्म वार्षिक ६ प्रतिशतको सहुलियत ब्याजदरमा ऋण दिइनेछ ।

यस्तै पाँच वर्ष सेवा अवधि बाँकी रहेका कर्मचारीलाई हाल उपलब्ध गराउँदै आएको साबिकको किस्ताबन्दी सहुलियत नगद ऋण रकममा समयानुकूल वृद्धि गरी सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकभन्दा माथिल्लो दर्जाको लागि ७ लाख, सशस्त्र प्रहरी निरीक्षकदेखि सशस्त्र प्रहरी उपरीक्षकसम्म ५ लाख, जुनियर अधिकृत ४ लाख र अन्य दर्जाको लागि ३ लाख पुर्‍याइएको छ ।

सशस्त्र प्रहरीद्वारा सञ्चालित नेपाल एपीएफ स्कुलमा अध्ययनको मौका नपाई सरकारी वा सामुदायिक विद्यालयमा अध्ययन गरी माध्यमिक तहको अन्तिम परीक्षा (कक्षा ११ र १२ को लब्धांकपत्र)को आधारमा जीपीए ए वा त्यसभन्दा माथि नतिजा प्राप्त गर्ने सशस्त्र प्रहरी परिचरदेखि सशस्त्र प्रहरी नायब निरीक्षकका एक जना छोरीलाई एकमुस्ट १० हजार छात्रवृत्ति उपलब्ध गराइनेछ ।

१० वर्ष सेवा अवधि पूरा भएका र पाँच वर्ष सेवा अवधि बाँकी रहेका सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत तल्लो तहका सशस्त्र प्रहरी कर्मचारीका एक जना सन्ततिका लागि इन्जिनियरिङ र चिकित्सा शास्त्रमा स्नातक वा स्नातकोत्तर तह अध्ययनका लागि वाषिर्क ६५ को सहुलियत ब्याजदरमा अधिकतम १० लाख रुपैयाँसम्म धितो संरक्षणमा शैक्षिक कर्जा उपलब्ध गराइने प्याकेजमा उल्लेख छ ।

यसैगरी नेपाल एपीएफ स्कुलमा अध्ययन गरी एसईई परीक्षामा सर्वोत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने एक जना विद्यार्थीलाई एकमुस्ट ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ ।

महिला कर्मचारीलाई सुत्केरी अवस्थामा आमा र बच्चालाई आवश्यक पर्ने पोषणयुक्त खाना र नवजात शिशुको उचित हेरचाहका लागि मातृशिशु स्याहार कार्यक्रम सञ्चालन गरिने भएको छ । यसका लागि ६ वर्ष सेवा अवधि पूरा भएका महिला सशस्त्र प्रहरी कर्मचारीलाई तत्कालीन आवश्यकता पूर्ति गर्नका लागि निब्र्याजी सहयोग सापटी स्वरूप १ लाख रकम एकमुस्ट उपलब्ध गराइने र यो रकम मासिक १० हजारका दरले १० महिनासम्म तलबबाट कट्टी गरी किस्ताबन्दी रूपमा फिर्ता हुनेछ ।

कल्याणकारी प्याकेजमा सवारी साधन खरिद पनि छ । सशस्त्र प्रहरी बलमा सेवा अवधि ५ वर्ष बाँकी रहेका सिनियर अधिकृतहरूलाई चार पांग्रे सवारी साधन उपलब्ध गराउनेसम्बन्धी निर्देशिकाका आधारमा बढीमा १५ लाख वा खरिद मूल्यको ७० प्रतिशतसम्मको रकम मासिक रूपमा कोषको अवस्थाअनुसार संख्या निर्धारण गरी सहुलियत ब्याजदरमा किस्ताबन्दी ऋण दिइनेछ । उसका लागि आवश्यक कार्यविधि तयार पार्न गृहकार्य थालिएको सशस्त्र प्रहरीले जनाएको छ ।

अनपोल मिसनमा खटिने सशस्त्र प्रहरी कर्मचारीलाई सशस्त्र कल्याणकारी सेवा केन्द्रको आन्तरिक स्रोतबाट प्रोत्साहन स्वरूप व्यक्तिगत सामग्रीहरू मिसन एरियाअनुसार आवश्यकता र औचित्य हेरी निःशुल्क तथा निब्र्याजी सापटी स्वरूप नगद १ लाख रुपैयाँसम्म दिइनेछ र यो मिसन सकेर फर्किएपछि कट्टी हुनेछ ।

बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी तथा तिनका परिवारजन बिरामी भइ उपचारका लागि नेपाल एपीएफ अस्पतालमा आउँदा उपचार अवधिभर बस्न एउटा बिरामी कुरुवा घर बनाउने सशस्त्र प्रहरीले घोषणा गरेको छ ।

कर्तव्य पालनाको सिलसिलामा अपांग भइ हिँडडुल गर्न नसक्ने सशस्त्र प्रहरी कर्मचारीहरूलाई राहत स्वरूप अपांगमैत्री चार पांग्रे स्कुटर उपलब्ध गराइने भएको छ । एपीएफ स्कुललाई विस्तार गरी नयाँ शैक्षिक सत्र २०७७ वैशाखदेखि प्रदेश ५ को कोहलपुर बाँके र प्रदेश २ को सप्तरीको शम्भुनाथ नगरपालिकामा क्षेत्रीय स्कुलको सञ्चालन गर्ने समसत सशस्त्र प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment