Comments Add Comment

वीरगञ्ज प्रिमियर लिग : डिसीसी वीरगञ्ज र सिंह ११ विजयी

१२ माघ, वीरगञ्ज । डिसीसी वीरगञ्ज र सिंह ११ लायन्सले वीरगंज प्रिमियर लिग (बीपीएल) टी २० क्रिकेटमा दोस्रो दिन जीत हात पारेका छन् ।

आइतबार वीरगञ्जस्थित नारायणी क्रिकेट ग्राउण्डमा भएको खेलमा डीसीसी वीरगंजले रौतहट राइनोजलाई ६ विकेटले हराउँदा सिंह ११ ले ड्रागन्स अफ साहिब दरबारलाई ६ विकेटले पराजित गर्‍यो ।

पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको रौतहट राइनोजले गौरव खड्काको अर्धशतक मद्दतमा २० ओभरमा ७ विकेट गुमाएर १०२ रन बनाएको थियो । गौरवले अविजित ६४ रन बनाए । साहिल अन्सारीले १० रन बनाए भने अन्य खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् । डीसीसी वीरगंजका लागि अविनाश कर्ण र साजद मनसुरीले २(२ विकेट लिए ।

जवाफमा डीसीसी वीरगंजले १८।४ ओभरमै ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । उसका लागि मोहम्मद सोनु अन्सारीले सर्वाधिक ३२ रन बनाए भने सैफ अली अवारीले ३० रन जोडे । सल्मान आलम १३ रनमा अविजित रहे । रौतहट राइनोजका लागि जितेन्द्र मुखिया र सन्जय शाहले १-१ विकेट लिए।

डीसीसी वीरगंजको यो लगातार दोस्रो जित हो । यसअघि शनिबार भएको लिगको पहिलो खेलमा डीसीसी वीरगञ्जले वीरगञ्ज स्टार्सलाई पराजित गरेको थियो ।

यस्तै मेहबुब आलमले अलराउण्ड प्रदर्शन गर्दा सिंह ११ ले ड्रागन अफ साहिव दरबारलाई पराजित गर्‍यो । बलिङमा ४ विकेट लिएका बलमले ब्यटिङमा सर्वाधिक ३८ रन बनाए ।

आलमकै ३८ रन मद्दतमा सिंह ११ ले १२९ रनको लक्ष्य १९।३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । आलमले २० बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरे । यस्तै आशिष झाले ३१ र सुधिर चौधरीले २९ रन योगदान दिए । ड्रागनका नस्ररुद्न अन्सारीले ३ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ड्रागनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको थियो । ड्रागनका लागि दीपक टिटुङ र समिर नेपालले सर्वाधिक २४(२४ रन बनाए । १५ बल खेल्दै १ छक्का प्रहार गरेका समिर अविजित रहे । यस्तै मोहम्मद स्माइरले २२ र साहिल पटेलले २० रन जोडे ।

बलिङमा सिंह ११ का लागि मेहबुब आलमले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । यस्तै रोहित कुमार सिंहले ४ ओभरमा २२ रन खर्चर ३ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment