+
+
Shares

बसरुद्दीन अन्सारीको निवासअगाडि शंकास्पद वस्तु फेला

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १३ गते १०:४५
Photo Credit : सांकेतिक तस्वीर

१३ माघ, वीरगञ्ज । वीरगञ्जस्थित नेसनल मेडिकल कलेजका निर्देशक बसरुद्दीन अन्सारीको निवासअगाडि शंकास्पद वस्तु फेला परेको छ ।

वीरगञ्ज महानगरपालिका–१०, पानीट्याङकीस्थित अन्सारीको घरअगाडि सोमबार बिहान शंकास्पद वस्तु भेटिएको हो ।

घरअगाडि शंकास्पद वस्तु देखेपछि अन्सारी परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ घटनास्थल पुगेको प्रहरीले त्यस क्षेत्रको आवागमनमा रोक लगाएको छ ।

जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र शाहीले शंकास्पद वस्तुबारे नेपाली सेनाको टोलीले अहिले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जानकारी दिए ।

‘शंकास्पद वस्तु भेटिएको जानकारी पाएपछि हामीले नेपाली सेनालाई खबर ग¥यौं, सेनाको बम डिष्पोजल टोलीले अहिले डिष्पोजको तयारी गरिरहेको छ,’ प्रहरी नायब उपरीक्षक शाहीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?