+
+
Shares

धर्मभक्त माथेमाको पूर्णकदको शालिक अनावरण

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १३ गते १२:३९

१३ माघ, काठमाडौं । सहिद धर्मभक्त माथेमाको सम्झनामा पूर्ण कदको शालिक निर्माण भएको छ । माथेमालाई तत्कालिन शासकले झुण्ड्याएर मृत्युदण्ड दिएको सिफलको उकालो बकाइनाको रुख भएकै स्थानमा उनको पूर्णकदको शालिक निर्माण भएको हो ।

काठमाडौँ महानगरपालिकाले निर्माण गरेको सो शालिक आज काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अनावरण गरे ।

करीब १७ लाखको लगानीमा निर्माण भएको सो शालिकको अनावरण गर्दै मेयर शाक्यले जनताको स्वतन्त्रता र अधिकार प्राप्तिको संघर्षका क्रममा सहादत प्राप्त गर्ने चार शहीद अहिले पनि हरेक नेपालीको मन–मुटुमा रहेको स्मरण गरे ।

मेयर शाक्यले राष्ट्र र जनताका लागि भनेर संघर्ष गर्नेहरुको संख्या अहिले निकै थोरै भएको भन्दै त्यतिबेला आफ्नो परिवारको सन्तान गुमाउने शहीद परिवारको सम्मानका लागि पनि महानगरपालिकाले चार शहीदका पूर्णकदका लागि निर्माण गर्ने योजना बनाएको बताए ।

‘हामीले आज यहाँ धर्मभक्तको पूर्णकदको शालिक निर्माण गरेको छौँ,’ शाक्यले भने, ‘अब माघ १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्द ठाकुरलाई गोली हानेर मृत्यु दण्ड दिएको शोभा भगवतीमा उहाँहरुको पूर्णकदको शालिक अनवरण गर्ने कार्यक्रम छ ।’

अनावरण गरिएको शालिक कलाकार महेश तुलाधरले बनाएका हुन् । वि. सं. १९६६ साल आश्विन १ गते काठमाडौंको ओमबहालमा जन्मिएका माथेमालाई माघ १३ गते सिफल उकालो बकाइनाका रुपमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो । त्यस्तै गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभा भगवतीमा गोली हत्या गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?