+
+
Shares

एमसीसी संशोधनसहित पारित गर्न सकिन्छ : साझा पार्टी

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १३ गते १५:०७

१३ माघ, काठमाडौं । साझा पार्टीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संशोधनसहित पारित गर्न सकिने बताएको छ ।

नेपालको वृहतर हितलाई केन्द्रमा राखी प्रस्तावित सम्झौताको समीक्षा र आवश्यक संशोधन गर्न विज्ञ र सरोकारवाला संलग्न रहेको एक कार्यदल गठन गरेर सुझाव लिनु उपयुक्त हुने साझा पार्टीको निष्कर्ष छ।

साझा पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै एमसीसीबारे वर्तमान सम्झौता जस्ताको त्यस्तै संसदबाट पास गरिनु हुँदैन भन्ने आफ्नो पार्टीको अडान यथावत रहेको बताएका हुन् ।

तीन हप्ताअघि मात्रै साझा पार्टीले नेपालको “परराष्ट्र नीति र राष्ट्रिय स्वार्थमा कुनै प्रकारको आँच नआउने सुनिश्चितता गर्दै एमसीसी परियोजनालाई स्वीकृत गरिनु पर्ने” भन्दै विज्ञप्ती जारी गरेको थियो ।

नेपालको कानूनसँग बाझिने वा नेपालको कानून अप्रभावी हुन सक्ने, द्विपक्षीय सहयोगको विषयमा तेश्रो मुलुकको सहमति लिनु पर्ने, आयोजनाको कार्यान्वयनमा नेपाल सरकारभन्दा अधिकांश अवस्थामा एमसीसीकै निर्णय हाबी हुने लगायतका प्रस्तावित सम्झौतामा परेका कतिपय बुँदाहरू नेपालको हित र आत्मसम्मान विपरीत रहेको साझा पार्टीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यस्ता संवेदनशील विषयहरूको निरूपण बिना सम्झौतालाई अनुमोदन गर्ने प्रक्रिया अघि बढाउनु उपयुक्त नहुने प्रवक्ता थापाले बताए ।

विज्ञप्तीमा भनिएको छ, ‘वर्तमान विवादले संयुक्त राज्य अमेरिकासँग लामो समयदेखि रहिआएको नेपालको सुमधुर सम्बन्धमा नै तिक्तता उत्पन्न गराउने खतरा निम्त्याएको छ, जुन सुखद विषय होइन । त्यसको मूल कारण वैदेशिक सहयोगका विषयमा राजनीतिक तहमा रहेको अस्पष्टता, नेपाल सरकारको कमजोर तयारी र संवाद तथा एमसीसीको पक्ष/विपक्षमा आइरहेका अतिरञ्जित तर्क, वितर्क नै हुन् ।’

एमसीसीका बारेमा उत्पन्न विवादबाट सबैले पक्षले पाठ सिक्न जरूरी रहेको भन्दै साझा पार्टीले यो जटिलता सुल्झाउन सरकारले सम्वन्धित पक्षसँग तत्काल कुटनीतिक संवाद अगाडि बढाउन आग्रह पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?