Comments Add Comment

सुधारिएन जेठो बैंकको नाफा, ६ महिनामा १८ प्रतिशतले घट्यो

१४ माघ, काठमाडौं । मुलुककै सबैभन्दा जेठो बैंक नेपाल बैंक लिमिटेडको मूनाफामा गिरावट आएको छ । चालु आर्थिक वर्ष २०७६÷७७ को ६ महिना अर्थात पुसमसान्त सम्मको वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले आफ्नो मूनाफा घटेको जानकारी दिएको छ ।

यस अघि भालु आर्थिक वर्षको पहिलो त्रैमासमा समेत बैंकको मूनाफा घटेको थियो ।बैंकले पुस मसान्तसम्म १ अर्ब ३५ करोड २३ लाख खुद मूनाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा १८ दशमलव ६ प्रतिशतले कमी हो ।

गत वर्षको पुस मसान्तसम्म बैंकले १ अर्ब ६६ करोड १४ लाख रुपैयाँ मूनाफा आर्जन गरेको थियो ।

यस अवधिमा बैंकको लागत खर्च १.६१ प्रतिशत विन्दुले बढेको देखिएको छ । यस अवधिमा बैंकको निष्क्रिय कर्जा २.७४ प्रतिशतबाट घटेर २.६६ प्रतिशतमा झरेको छ ।

बैंकले यस अवधिमा १ खर्ब १७ अर्ब १२ करोड निक्षेप सङ्कलन गरेको यस बैंकले ९८ अर्ब ४५ करोड ९६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको जगेडा कोषमा १३ अर्ब ५२ करोड ११ लाख रुपैया रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment