+
+
Shares

महासंघका अध्यक्ष भन्छन्-पत्रकारलाई लाइसेन्स चाहिँदैन

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १४ गते १२:१६

१४ माघ, काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारिता गर्न लाइसेन्स चाहिने व्यवस्था गर्न नहुने बताएका छन् ।

संसदको विधायन समितिले मिडिया काउन्सिल विधेयकमार्फत पत्रकारलाई लाइसेन्स लिने चाहिने प्रावधान प्रस्ताव गरेपछि आचार्यले यस्तो प्रतिक्रिया दिएका हुन ।

‘राजनीति, समाजसेवा, पत्रकारितालगायत अभिव्यक्ति स्वतन्त्रता प्रयोगमा लाइसेन्स चाहिँदैन’ अध्यक्ष आचार्यले अनलाइनखबरसँग भने, ‘नागरिकले जुनसुकै माध्यमबाट अभिव्यक्ति सार्वजनिक गर्न पाउनुपर्छ ।’

विधेयकमा भएका जरिवाना हटाउने, काउन्सिल गठनलगायतका केही प्रावधानमा सकारात्मक परिवर्तन भएको आचार्यको भनाइ छ । उनले आफूहरूले उठाएको माग आशिंक रुपमा सम्बोधन भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?